१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

इनरुवा नगरपालिकामा कक्षा ८ को नतिजा, संस्थागत भन्दा सामुदायिक विद्यालयको नतीजा खराव

Logo
जयकृष्ण यादव प्रकाशित बुधबार, चैत्र २८, २०८०

तस्विर : नमो अनलाईन

इनरुवा । सुनसरीको इनरुवा नगरपालिकामा कक्षा ८ मा एक हजार ३३८ जना परीक्षार्थी मध्ये ६४९ जना मात्र उत्तीर्ण भएका छन् । नगरँपालिकाभरका विद्यालयबाट कक्षा ८ को वार्षिक परीक्षामा सहभागी भएका परीक्षार्थीमध्ये ६४९ जना उत्तीर्ण भएका छन भने ६८९ जना अनुतिर्ण भएका हुन् ।

पहिलो पटक असल अभ्यास गर्दै इनरुवा नगरपालिकामा यसवर्ष कक्षा ८ को परीक्षा केन्द्रीकृत रुपमा सञ्चालन गरिएको थियो । संस्थागत भन्दा सामुदायिक विद्यालयको नतीजा खराव रहेको देखिएको शिक्षाका अधिकृत स्वस्तिका दाहालले जानकारी दिनुभयो ।
दाहालका अनुसार ११ वटा सामुदायिक विद्यालय र २६ वटा संस्थागत विधालय गरि ३७ विद्यालयका कुल एक हजार ३३८ जना परीक्षार्थी मध्ये ६४९ जना मात्र उत्तीर्ण भएका छन् ।

सरस्वती मावि बबियाबाट ८२ जना मध्ये १०, भगवती माविबाट ५७ जना मध्ये १६ जना, जनता मावि मधेशाबाट ७८ जना मध्ये ७ जना, शारदा मावि बलाहाबाट १६६ जना मध्ये ८४ जना, त्रिभुवन मावि डुम्राहामा ८६ जना मध्ये ४ जना, राजाजी माविमा २८ जना मध्ये १९ जना, बालमन्दिर माविबाट १०४ जना मध्ये २२ जना, श्री नेपाल राष्टिय हरि मावि चान्दबेलाबाट २७ जना मध्ये ३ जना, ज्ञानोदय आधारभुत विद्यलायबाट ३० जना मध्ये ५ जना, वीपी आवि इनरुवा ८ बाट १५ जना मध्ये १ जना, गणेश नेपाल राष्टिय आधारभुत विधालय गणेशपुरबाट ३४ जनामा एकै जनापनि उर्तिण भएन ।

सामुदायिक तर्फ सबै भन्दा बढी प्रतिशत राजाजी माविले नतिजा ल्याएको छ । राजाजीले ६६ प्रतिशत नतीजा ल्याएको देखिन्छ । सामुदायिक विद्यालय अन्तर्गत सञ्चालित कक्षा ८ को परीक्षामा ७०७ जना परीक्षार्थी मध्ये १७१ जना मात्र उत्तीर्ण भएका छन् । सामुदायिक विद्यालय तर्फ उत्तीर्ण भएका भन्दा अनुत्तीर्ण भएको संख्या धेरै अर्थात ५३६ रहेका छन् । समग्रमा सामुदायिक विद्यालय तर्फ उत्तीर्ण दर २४ प्रतिशत रहेका छन् ।

विद्यार्थीले लेखेको उत्तरपुस्तिका पनि पालिका बाटै शिक्षकबाट मूल्याङ्कन गराउँदा सबै विषय उत्तीर्ण गर्ने कम रहेको पाइएको छ । कक्षा ८ को नतिजा प्रकाशित गर्नुअघि आइतबार पालिकास्तरीय परीक्षा समितिको बैठक बसी नतिजाको विश्लेषण गरिएको जनाएको छ । समितिको बैठकले दुई विषयसम्ममा नन्ग्रेड अङ्क ल्याउने विद्यार्थीलाई ग्रेडवृद्धिका लागि मौका परीक्षा गराउने निर्णय भएको छ ।

कुनै पनि कक्षाको परीक्षा उत्तीर्ण नगर्ने अर्थात् न्यूनतम ग्रेड अङ्क नल्याउने विद्यार्थी अर्को कक्षा चढ्न पाउने छैनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]