०९ साउन २०८२, शुक्रबार
25-07-2025 , Fri
×

अमेरिकाको टेक्सासमा मन्दिर र बौद्ध बिहार बनाउन एकै परिवारद्वारा डेढ करोड दान

Logo
नमो संवाददाता प्रकाशित बिहिबार, चैत्र २९, २०८०

तस्विर : नमो अनलाईन

काठमाडौं । अमेरिकामा पशुपतिनाथ र बौद्ध बिहार निर्माणका लागि टेक्सासस्थित युलेशमा श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञ (अध्यात्मिक महोत्सव) सुरु भएको छ।

नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र, टेक्सासको आयोजनामा मंगलबारदेखि सुरु महायज्ञमा पण्डित दीनबन्धु पोखरेलले कथावाचन गरिरहेका छन्।

अध्यात्मिक केन्द्रको प्राङ्गणमा आयोजित महायज्ञ विशेष समारोहमा प्रमुख अतिथि युलेश सिटीकी मेयर लिण्डा मार्टिनसहित थिइन्।

उनीसँगै १ लाख डलरभन्दा बढी सहयोग गर्ने दाताहरूले संयुक्त रुपमा पानसमा बत्ती बालेर महायज्ञको उद्घाटन गरेका थिए।

मेयर मार्टिनले उद्घाटन कार्यक्रममा नेपाली समुदायमा देखिएको सांस्कृतिक एकताको प्रशंसा गरिन्।

मेयर मार्टिनले समुदायका लागि गरिने साझा सवालमा युलेश सिटी साझेदारी र सहयोग गर्न तयार गरेको बताइन्।

उनले युलेश सिटी विविधतायुक्त सांस्कृतिक शहर भएको उल्लेख गर्दै नेपाली समुदायको अध्यात्मिक महोत्सव सफलताको शुभकामना दिइन्।

कथावाचक पण्डित पोखरेलले प्रवासमासमेत जात र क्षेत्रका नाममा नेपाली समुदाय विभक्त हुन थालेकोमा चिन्ता जनाए।

धार्मिक तथा अध्यात्मिक चेतनाको माध्यमबाट सबैलाई एकतामा बाँध्नुपर्नेमा उनको जोड थियो। पण्डित पोखरेलले परियोजना सम्पन्न गर्न नेपाली समुदायले एकै ठाउँमा उभिएर सहयोग गर्नुपर्नेमा जोड दिए।

अमेरिकामा बसोबास गर्दै आएका उपेन्द्र ढकाल र सुप्रिया कार्की ढकालले महायज्ञको पहिलो दिनमै १ लाख ११ हजार १ सय ११ अमेरिकी डलर ( करिब डेढ करोड रुपैयाँ ) दान गरेका छन्।

९ दिनसम्म चल्ने महायज्ञमा अन्य दाताहरूले पनि दान गर्नेक्रम जारी छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]