०९ साउन २०८२, शुक्रबार
25-07-2025 , Fri
×

आठ महिनामा पाथीभरा मन्दिरमा पुगे १ लाख ६८ भत्तजन

Logo
नमो संवाददाता प्रकाशित आइतबार, बैशाख ०२, २०८१

तस्विर : नमो अनलाईन

ताप्लेजुङ । आठ महिनामा ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा १ लाख ६८ हजार बढी दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् । गत साउन देखि चैत मसान्त सम्ममा सो सङ्ख्यामा दर्शनार्थीले दर्शन गरेका हुन् ।

चालू आर्थिक वर्षको ९ महिना पूरा हुँदा १ लाख ६८ हजार ४ सय ६८ जनाले पाथीभरा मन्दिरको दर्शन गरेको जनाइएको छ ।
सबैभन्दा बढी चैत महिनामा ५२ हजार ४ सय ५५ जनाले मन्दिरको दर्शन गरेका छन् ।

कात्तिक महिनामा ४९ हजार १ सय ६३ जनाले मन्दिरको दर्शन गरेको
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजीन हाङवाङले जानकारी दिए । उनका अनुसार साउन महिनामा १ हजार १ सय २२, भदौमा ५ हजार र असोजमा १० हजार ३ सय ४३ जनाले मन्दिरको दर्शन गरेका थिए ।

यस्तै मङ्सिरमा २० हजार ४ सय १६, पुसमा ५ हजार ६ सय ५५, माघमा ६ हजार ४ सय १ र फागुनमा १७ हजार ९ सय १२ जनाले पाथीभरा मन्दिरको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिले जानकारी दिएको छ ।

चैत महिनामा मात्र ७५ लाख बढी रुपैयाँ जम्मा भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

कार्यकारी निर्देशक हाङवाङका अनुसार चैत महिनामा ७५ लाख ७ हजार १ सय ५ रुपैयाँ भेटी बापत नगद सङ्कलन भएको छ ।

क्षेत्र विकास समितिले पछिल्लो समय भेटीबापतको सङ्कलित रकम मासिक रूपमा सार्वजनिक गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]