१२ कार्तिक २०८२, बुधबार
29-10-2025 , Wed
×

वैशाख ०४ गते मंगलबारको तपाईको राशिफल

Logo
नमो संवाददाता प्रकाशित मंगलबार, बैशाख ०४, २०८१

तस्विर : नमो अनलाईन

आज मिति २०८१ साल वैशाख ०४ गते मंगलबार, तदअनुसार अप्रिल १६ तारिख नेपाल सम्बत ११४४ चौलाथ्व अष्टमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, चैत शुक्ल अष्टमी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, धृति योग, बव करण । आज बिहान ५ बजेर ३८ मिनेटमा झुल्किएको सूर्य भरे साँझ ६ बजेर २९ मिनेटमा अस्ताउने छ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): विछोडिएका परिवारजनसँग भेटघाट हुने दिन छ । विगतका कमी–कमजोरीलाई पनि सुधार गर्ने मौका मिल्ला । साथीभाइसँग सन्तुलित व्यवहार गर्नु हितकर हुनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । आरोग्य बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । खेलकूद तथा भ्रमणमा आकर्षण बढ्नेछ । अनुकूलता वृद्धि हुनेछ । रोकिएको काम पूरा होला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । केही खर्च लागे पनि सोचेको काम बन्नेछ भने अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । व्यवसायमा थप लगानी बढाउन चाहे अघि बढ्दा हुन्छ । प्रतिस्पर्धीहरूले हार खानेछन्, सहयोगीहरूले राम्रो साथ दिनेछन् । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्ने समय छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिने योग रहेकोले बुद्धि-विवेकको प्रयोगमा जोड दिनु हितकर होला । रचनात्मक कार्यले फाइदा दिलाउनेछ । आँट साहस पराक्रम बढ्नेछन् । शत्रुमाथि विजय प्राप्त हुनेछ । समस्याको समाधान प्राप्त होला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सरसापटमा धन खर्च हुने समय छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । स्वास्थ्य सामान्य तवरले कमजोर रहला । अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ । तर, साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला । पारिवारिक सुख मिल्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुनेछ । समयलाई पछ्याउन सकस पर्ने देखिन्छ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । मित्रजनको साथ मिल्नेछ । रचनात्मक कार्यमा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन परिस्थिति अलिक प्रतिकूल रहेपनि सहयोगीहरूले काममा साथ दिनेछन् । जोखिम बढ्नेछ तर विगतको श्रमबाट धन लाभ होला । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । बिछोडिएका आफन्तसँग भेटघाट हुने योग छ । सन्तानपक्षबाट सुख प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): परिस्थितिसँग केही सम्झौता गर्नु पर्ने देखिन्छ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । टाढाको यात्रा गर्ने अवसर जुर्न सक्छ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । साझेदारीको काम बन्नेछ । दाम्पत्य सुख र आरोग्यता बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । तर लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । आजको दिन सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर होला । मिठो भोजन प्राप्त गर्नुहुनेछ । प्रेमभाव बढ्नेछ । शुभ काममा आकर्षण बढ्ला । खर्च सामान्य वृद्धि होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । सहयोगीहरूको भरपर्दा काममा बाधा पुग्न सक्छ, सजग रहनुहोला । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । आरोग्यता र प्रेमभाव बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): कार्यव्यस्तता बढ्ने समय भएपनि प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो भेटघाट हुनेछ । पठन–पाठनमा प्रगति होला । विशेष सभा-समारोहमा सहभागी बन्ने मौका जुर्न सक्छ । खर्च वृद्धि हुनेछ । आरोग्यता रहला । कर्मबल बढ्नेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): रचनात्मक काम सुरु गर्ने समय छ । तर, अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि विचार पुऱ्याउनुहोला । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पारिवारिक आत्मीयता बढ्नेछ । विभिन्न अवसर प्राप्त हुनेछन् । महत्वाकांक्षी योजना फलीभूत हुन सक्छन् । साथीभाइको सहयोग प्राप्त हुनेछ । पराक्रम बढ्नेछ । आरोग्यता रहला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने समय भएपनि अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । स्वास्थ्य कमजोर रहला । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । काम बिग्रने डरले सताए पनि मेहनत गर्दा फाइदै हुनेछ । थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुने योग छ । वार्तामा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

तपाईको दिन शुभ रहोस्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]