१२ कार्तिक २०८२, बुधबार
29-10-2025 , Wed
×

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

Logo
नमो संवाददाता प्रकाशित मंगलबार, बैशाख ०४, २०८१

तस्विर : नमो अनलाईन

काठमाडाैं । नेपाल आयल निगमले सोमबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको छ । मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल समान एक सय ६१ रुपैयाँ प्रतिलिटर कायम भएको छ । त्यसैगरी, तराईमा पेट्रोल एक सय ७५ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेल समान एक सय ५८ रुपैयाँ ५० पैसा प्रतिलिटर पुगेको छ भने सुर्खेत र दाङमा पेट्रोल एक सय ७७ र डिजेल तथा मट्टीतेल समान एक सय ६० रुपैयाँ प्रतिलिटर निर्धारण भएको छ ।

सोमबार दिउँसो इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट नयाँ खरिददर आउँदा पेट्रोल दुई रुपैयाँ ९६ पैसा र डिजेल तीन रुपैयाँ ४६ पैसा प्रतिलिटर बढेर आएकाले निगम सञ्चालक समितिबाट मूल्यवृद्धिको निर्णय गरिएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । आइओसीले प्रत्येक १५–१५ दिनमा निगमलाई नयाँ खरिद दर पठाउने गरेको छ । नयाँ खरिद दरमा आएको परिवर्तनअनुसार निगमले नेपाली बजारमा मूल्य समायोजन गर्दै आएको छ । यसअघि १८ चैतमा पनि पेट्रोलको भाउ चार रुपैयाँ प्रतिलिटर वृद्धि गरिएको थियो ।

फेरि उकालो लाग्दै कच्चा तेल
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ पुनः उकालो लाग्न थालेको छ । एक महिनाअघि ५ चैतमा ८५.४७ डलर प्रतिब्यारेल रहेको ब्रेन्ट कच्चा तेलको भाउ ३ वैशाख साँझमा ८९.३१ डलर प्रतिब्यारेल पुगेको थियो । गत शुक्रबार भने कच्चा तेलको भाउ ९१.६८ डलर प्रतिब्यारेल पुगेर केही तल ओर्लेको हो । अन्तर्राष्ट्रिय रिपोर्टका अनुसार इरान, इजरायल र सिरियाबीच चलिरहेको मध्यपूर्वी देशहरूको द्वन्द्वले कच्चा तेलको मूल्यमा ठूलो दबाब सिर्जना हुनेछ । किनभने, इरानले हमलाको एक दिनअगाडि ओमानको खाडी क्षेत्र ‘होर्मुज’ हुँदै गइरहेको इजरायलको तेल बोकेको जहाज नियन्त्रणमा लिएको थियो । होर्र्मुज क्षेत्र हुँदै इजरायलले विश्वभर २० प्रतिशत कच्चा तेल आपूर्ति गर्दै आएको छ ।
यो क्षेत्रमा इरानले क्रुज मिसाइल तैनाथ गरेकाले इजरायले यहाँबाट तत्कालै कच्चा तेल पठाउने जोखिम नलिन सक्ने आकलन गरिएको छ । त्यसैगरी, इरानले ‘स्वेज नहर’समेत बन्द गर्ने चेतावनी दिएको छ । स्वेज नहर हुँदै इजरायलबाट प्रत्येक दिन ५.५ मिलियन ब्यारेलभन्दा बढी कच्चा तेल निर्यात हुने गरेको छ । सन् २०२३ मा भारतले आयात गरेमध्ये ६५ प्रतिशत कच्चा तेल स्वेज नहरको बाटो हुँदै आएको थियो । भारतमा कच्चा तेलको आपूर्तिमा अवरोध भए नेपालमा सोझो असर पर्नेछ, किनभने नेपालमा हुने मागको शतप्रतिशत इन्धन भारतबाटै आउने गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]