०८ साउन २०८२, बिहिबार
24-07-2025 , Thu
×

बागेश्वर बाबा ९ गतेसम्म कथावाचन गर्न आए चतराधाम स्थित महाकुम्भमा

Logo
ब्रहमदेव मेहता प्रकाशित बुधबार, बैशाख ०५, २०८१

तस्विर : नमो अनलाईन

चतराधाम । सुनसरीको चतराधाममा जारी बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा कथावाचन गर्न बागेश्वर बाबा आइपुगेका छन् । उनलाई साथै लिएर आउन चतराधामका गुरु सिद्ध बाबा पुगेका थिए ।

चतराधामको बरपिपल चोकबाट बागेश्वरबाबालाई सशस्त्र प्रहरी बलको बाजागाजासहितको झांकीले स्वागत गरेको थियो । भारतीय गुरुले वैशाख ९ गतेसम्म कथा वाचन गर्ने आयोजकले जनाएको छ ।

सिद्धबाबाको नाम परिसरमा अखण्ड यज्ञ भइरहेको छ । भारतीय गुरुलाई स्वागत गर्न कोसी प्रदेशका मन्त्री, प्रदेशका प्रहरी प्रमुख, उधोगी व्यवसायी र अनुयायीको घुइँचो लागेको छ ।

महाकुम्भ राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका थिए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]