०६ साउन २०८२, मंगलबार
22-07-2025 , Tue
×

विद्युत प्राधिकरण सुनसरीको चरम लापरवाही, उपभोक्ता मारमा 

Logo
ब्रहमदेव मेहता प्रकाशित बुधबार, आषाढ २७, २०८०

तस्विर : ब्रहमदेव मेहता/नमो अनलाइन

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका स्थित नेपाल विधुत प्राधिकरण सुनसरी वितरण शाखाको लापरवाहीको कारण सर्वसाधारण मारमा परेका छन् ।

के यो नाटक हो ? लाईन एकै छिन जाने एकै छिन आउने ? कहिले गएपछि घण्टौ सम्म नआउँने । कहिले एक घण्टामा एकसय पटक आउने जाने गर्ने । यस्तो पनि हुन्छ ? विद्युत प्राधिकरणलाई जे गरेपनि छुट छ ? यस्तो मनलाग्दी गर्न पाइन्छ ? देवानगञ्ज गाउँपालिका २ बस्ने नाम उल्लेख नगर्ने सर्तमा यसरी एकोहोरो रुपमा आक्रोस मात्र पोख्नु भएन नेता र पत्रकारलाई पनि बाँकी राख्नुभएन ।

 

‘विद्युत हाकिमले जे गरेपनि हुने । यहाँका नेता खै । पत्रकारहरु खै । कि नेता र पत्रकारका घरमा बिजुली बत्ती जाँदैन र ? यदि जान्छ भने के तमासा हो ? बोल्ने मान्छे नबोल्ने हामी जनता बोलेको कसले सुन्छ ?’ स्थानीयहरुले गुनासो पोख्नुभयो । नेपाल विद्युत प्राधिकरण वितरण शाखा सुनसरीको चरम लापरवाहीका कारण विद्युत अनियमित भएपछि उपभोक्ताले यसरी चर्को रुपमा आक्रोस पोेख्न थालेका छन् ।

 

विना जानकारी घण्टौ लाईन काट्नु, बेला बेलामा आउने बढी करेन्ट प्रवाह(हाइभोल्टेज) को कारण वारम्वार सर्ट सर्किट भइ पडक्नाले कयौंपटक पटक सर्वसाधारण घाइते भएका छन् भने ट्रान्सफरमरहरु सडकदेखि जम्मा ६ फिट मात्र माथी राखेको कारण दुर्घटना निम्त्याउने खतरा रहेको स्थानीयहरुले गुणासो गरेका छन् ।

 

प्राधिकरणको भनाइ अनुसार एउटा ट्रान्सफरमर राख्न दुई घण्टा लाग्छ। तर धरातलमा भने त्यही काम कर्मचारीहरुको लापरबाहीले गर्दा पाँच घण्टा सम्ममा पनि काम सकिँदैन। काम भगवान् भरोसे छोडेर कर्मचारीहरु अफिसमा बसी रहन्छ। फोन गर्दा फोन उठाउँदैनन् उठाए पनि गैर जिम्मेवारी तरिकाले जवाफ दिन्छ।

बुधबार देवानगञ्ज गाउँपालिका भवन अगाडिमा ट्रान्सफरमर जडान गर्ने कार्यले गर्दा लाईन काटिएको थियो तर जडान गर्ने ज्यामिहरु काम छोडेर पसलमा बसेर गफ दिदै थिए। स्थानीयहरुले भन्दा पनि अटेर गर्दै गई रहेको थियो।

यता सोही बिषयमा देवानगञ्ज गाउँपालिकामा प्राधिकरणको काम हेर्ने सुरेश यादवलाई ९८६०७७८५१० मा सम्पर्क गर्दा गैर जिम्मेवार तरिकाले जवाफ दिए र फोन काटी दिनुभयो र पुनः दुई पटक सम्पर्क गर्न खोज्दा फोन रिसिभ भएन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]