०७ साउन २०८२, बुधबार
23-07-2025 , Wed
×

आगलागीले १० बिघाको गहुँ नष्ट

Logo
नमो संवाददाता प्रकाशित शुक्रबार, बैशाख ०७, २०८१

तस्विर : नमो अनलाईन

कञ्चनपुर । कञ्चनपुर दोधाराचाँदनी नगरपालिका– ७ बाबाथानमा गहुँखेतमा आगलागी हुँदा १० बिघा खेतको गहुँ नष्ट भएको छ । हावाहुरीले रुखको हाँगा विद्युत्को तारमा खस्दा विद्युत् तार चुँडिएर बिहीबार दिउँसो गहुँखेतमा आगलागी भएको हो ।

दोधाराचाँदनी नगर प्रवक्ता ओम बस्नेतका अनुसार आगलागीबाट १३ स्थानीयको १० बिघा गहुँखेत जलेर नष्ट भएको छ । पाकेको गहुँमा आगलागी हुँदा साढे पाँच लाखबराबरको क्षति भएको उनले जनाए ।

वीरसिंह सुनारको ६ कट्ठा तथा चन्द्रबहादुर सुनार, सुमन सुनार, भीम सुनारको १०–१० कट्ठा, पदम सुनार, सुशील रानामगर, विनोद मगर, कैसाल सुनारको पाँच–पाँच कट्ठा, सञ्जु ठाकुर, सन्त सारूमगरको १५–१५ कट्ठा, उज्ज्वल बरालको डेढ बिघा र लालबहादुर पुनमगरको साढे दुई बिघा खेतको गहुँ जलेर नष्ट भएको हो । गहुँखेतीमा आगो लागेपछि दमकल र सुरक्षाकर्मीले आगो निभाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]