०७ साउन २०८२, बुधबार
23-07-2025 , Wed
×

विदेश जान दिएको रकम फिर्ता नगरेको भन्दै एजेन्टलाई बाँधेर गरे धोलाई , बाबु-छोरा पक्राउ

Logo
नमो संवाददाता प्रकाशित आइतबार, बैशाख ०९, २०८१

तस्विर : नमो अनलाईन

जनकपुरधाम । सिरहामा एक व्यक्तिलाई अपहरण गरी बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

सप्तरीको सुरुङ्गा नगरपालिका १० थलहाका ईश्वरदेव मुखियालाई अपहरण गरी कुटपिट गरेको आरोपमा मिर्चैया नगरपालिका ३ का सिरिया यादव र उनका छोरा रुपेश यादवलाई ईलाका प्रहरी कार्यालय मिर्चैयाले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले कुटपिट गरेको आरोपमा सिरिया र उनका छोरा रुपेशलाई पक्राउ गरेको बताए ।

उनका अनुसार मुखिया विदेश पठाउने एजेन्टको काम गर्छन् । विदेश जान रकम दिएको र फिर्ता नगरेको भन्दै उनलाई सिरियाले छोरा रुपेशको सहयोगमा अपहरण गरी कुटपिट गरेका हुन्।

पक्राउ परेका बाबु–छोरामाथि पीडित मुखियाले अपहरण तथा शरीर बन्धक शीर्षकमा शनिवार नै प्रहरीमा जाहेरी दिएका छन् । डीएसपी बस्नेतले आज मुद्दा दर्ता हुने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]