०७ साउन २०८२, बुधबार
23-07-2025 , Wed
×

आज सोमबारको वैदिक राशिफल, तपाईंको दिन शुभ रहोस् !

Logo
नमो संवाददाता प्रकाशित सोमबार, बैशाख १०, २०८१

तस्विर : नमो अनलाईन

काठमाडौँ । आज मिति २०८१ साल वैशाख १० गते सोमवार तदनुसार अप्रिल २२ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्षको चतुर्दशी तिथि, हस्त नक्षत्र, । हर्षण योग छ । चन्द्र राशि कन्या। यो शुभ योग हो ।

 

अभिजित् मुहूर्त: बिहान ११:३७ देखि १२:२९ सम्म,

 

 वैदिक ज्योतिषमा आधारित तपाईंको आजको राशिफल यसप्रकार रहनेछ ः 

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।

शुभ रगं : कालो

शुभ अंक : ३

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । अ राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।

शुभ रगं : रातो

शुभ अंक : ७

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) : आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।

शुभ रगं : चाँदी

शुभ अंक : ७

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाइबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ । अनावश्यक विवादबाट बच्नुहोला ।

शुभ रगं : वैजनी

शुभ अंक : ६

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : समय राम्रो छ । स्वास्थ्य सबल रहनेछ । वित्तीय योजना बनाउनुहोस् । माया, प्रेममा आत्मीयता र सहजताको साथमा सम्बन्ध अघि बढ्नेछ । परिवारसँग समय बिताउनुहोस् , काममा ध्यान दिनुहोस् र आराम गर्नुहोस् ।

• शुभ रंग : रातो

• शुभ अंक : ३

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : समय मध्यम छ । धन वचत गर्नुहोस् र आर्थिक स्थिति सुधार गर्नुहोस् । पठनपाठनमा ध्यान बिग्रनसक्छ । साथीसँग सम्बन्ध बलियो बनाउनुहोस् र आत्मीयतादेखि संबंध विकसित गर्नुहोस् । परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस् । घर झगडाबाट बच्नुहोला ।

शुभ रगं : रातो

शुभ अंक : ८

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : समय ठिकै छ । ध्यान र आराम लिनुहोस् । योग र मेडिटेशन गर्नुहोस्।आर्थिक संगठन र वित्तीय योजना बनाउनुहोस् । प्रेम आत्मीयता र सहजताको साथमा सम्बन्ध विकसित गर्नुहोस् । परिवारसँग समय बिताउनुहोस् , विवादबाट बच्नुहोस।

शुभ रंग: हरियो

• शुभ अंक – २

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ । समय शुभ छ उपयोग गर्नुहोला ।

शुभ रगं : हरियो

शुभ अंक : ४

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : आज समय ठिकै छ । शरीरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धि हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।

शुभ रगं : पहेलो

शुभ अंक : ३

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।

शुभ रगं : निलो

शुभ अंक : २

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) : आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।

शुभ रगं : कालो

शुभ अंक : ९

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।

शुभ रगं : सुन्तला

शुभ अंक : ५

 

(राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।)

 

-राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्। उनि वैदिक ज्योतिषका विज्ञ मानिन्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]