०४ जेठ २०८२, शनिबार
17-05-2025 , Sat
×

प्रेमीलाई सँगै राख्नुपर्ने सर्त पतिले अस्विकार गरेपछि पत्नी चढिन् विजुलीको खम्बामा

Logo
नमो अनलाईन प्रकाशित बुधबार, बैशाख १२, २०८१

एजेन्सी । शोले फिल्ममा बसन्तीका लागि वीरू पानीको ट्यांकीमा चढेको त सवैलाई यादै होला। तर, भारतको गोरखपुरमा ‘बसन्ती’ आफ्नो ‘वीरू’ का लागि बिजुलीको खम्वामा चढेकी छिन्। ती वसन्ती एक्लै होईन, विवाहित महिला र ३ छोराछोरीकी आमा हुन। उनले आफुसँगै आफनो प्रेमीलाई पनि सँगै राख्न पतिसँग सर्त राखेकी थिईन। तर, पतिले उनको प्रश्ताव अस्विकार गरेपछि उनी विजुलीको पोलमा चढेको भारतीय मिडियाले समाचारमा लेखेका छन्।

यो घट्ना गोरखपुरको पिपराइच थाना इलाकाको हो। जहाँ वुधबार दिउँसो करिव १२ बजे महिला घरबाट निक्लिएर बिजुलीको खम्बामा चढिन। त्यसपछि रुवावासी र मजा लिनेहरु जम्मा हुन थाले। हेर्दा हेर्दै मान्छेको भिड लाग्यो। स्थानीयका अनुसार ती महिला एक ब्यक्तिसँग प्रेममा परेकी थिईन। पतिले यसको विरोध गरेपछि रिसाएर उनी विजुलीको खम्बामा चढेको जनाईएको छ। महिलाले खम्वामा चढेर ११ हजार केवीएके हाईटेंशन तार समाईन।

संयोगले त्यसबेला विजुली कटेको थियो र उनी मर्नबाट जोगिईन। यसको जानकारी स्थानीय प्रहरीले पाएपछि उनलाई सम्झाई वुझाई गरेर खम्बाबाट उतारिएको आजतकले लेखेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भारत । भारतको जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि आतंकवादीले गरेको आक्रमणमा कम्तीमा २६ जनाको ज्यान गएको छ । दैनिक भाष्करका अनुसार आक्रमणमा परी एक नेपालीको पनि मृत्यु भएको छ, यद्यपि नेपाली नियोग र सरकारले पुष्टि गरेका छैनन् । पहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ, जुन पर्यटकका लागि लोकप्रिय गन्तव्यस्थल हो । स्वीट्जरल्यान्ड पार्कको नामले चिनिने चौरमा घुमिरहेका पर्यटकमाथि […]

जनआन्दोलनपछि आफ्नो सुरक्षा चुनौती बढेपछि देश छाडेर भागेकी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफूले देश छाड्नु परेको कारण बारे मुख खोलेकी छन् । बंगलादेशबाट निर्वासित भई भारतमा शरण लिइरहेकी हसिनाले देश छाडेको झन्डै एक सातापछि अमेरिकाले आफूलाई सत्ताबाट हटाएको आरोप लगाएकी छन् । सेन्ट मार्टिन टापु नछोडेकाले सत्ताबाट हटाउने योजना बनाइएको उनले बताएकी छन् । […]

ढाका । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेको केही घण्टापछि राजधानी ढाकाका एक व्यक्तिलाई अत्तालिएकी आफ्नी बहिनीको फोन आयो। अविरुप सरकार एक बंगलादेशी हिन्दु हुन्, जो ९० प्रतिशत मुस्लिम जनसङ्ख्या भएको देशमा बस्छन्। अविरुपकी बहिनीको श्रीमान् बितिसकेका र उनी संयुक्त परिवारमा बस्छन्। यो परिवार ढाकाबाट करिब १०० किलोमिटर टाढा नदीले घेरिएको जिल्ला नेत्रोकोनामा […]