०७ साउन २०८२, बुधबार
23-07-2025 , Wed
×

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

Logo
नमो अनलाईन प्रकाशित बिहिबार, बैशाख १३, २०८१

आजको फलादेश :

मेष : आज आफूले आफूलाई चिन्ने दिन हो। लगानी भए शिक्षामा फाइदा हुनेछ। स्वास्थ्यमा लाभ होला। वैदेशिक लगानीबाट आम्दानी बढ्नेछ। लगानीको क्षेत्रमा फाइदा हुनेछ।

वृष : मन मिल्ने साथीको कुराले महत्त्वपूर्ण काम बन्नेछ। सञ्चित धन खर्च हुनसक्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। सामाजिक क्षेत्रमा मान र सम्मान बढ्नेछ।

मिथुन : सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। गुरुको साथ मिल्नेछ। शिक्षा क्षेत्रमा रोजगारीको अवसर मिल्नेछ। जीवनको महत्तवपूर्ण कामको थालनी हुनेछ।

कर्कट : अभिभावकको सुझाव अनुसार काम गर्नु राम्रो हुन्छ। महत्त्वपूर्ण सामान हराउने जोखिम रहेकाले सचेत हुनुपर्ने दिन छ। आफूले गरेको राम्रो कामको जस अरुले लिन सक्छन्। विदेश यात्रा सफल हुनेछ।

सिंह : व्यवसायमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट लाभ हुनेछ। वैदेशिक क्षेत्रमा सचेत हुनु राम्रो हुन्छ।

कन्या : यात्रा सफल बन्नेछ। रोकिएको काम सञ्चालन हुने दिन छ। व्यापारमा नाफा कमाउने योग छ। विदेशमा भएको लगानीबाट फाइदा हुनेछ। साथीले सहयोग गर्नेछन्।

तुला : नयाँ कामको थालनी गर्ने दिन हो। लगानीका क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक सम्मान प्राप्त हुनेछ। विदेशको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

वृश्चिक : खुट्टा तान्ने धेरै भएकाले सचेत भएर काम गर्नुपर्ने देखिन्छ। प्रतिस्पर्धी परास्त हुने योग छ। शिक्षामा मानसम्मान र सामाजिक संस्थामा कदर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : नयाँ साधन खदिर गर्ने योग रहेको छ। अचानक लाभ प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ।

मकर : मन खुशी हुनेछ। घरमा अतिथिको आगमन हुनेछ। बोलीको प्रभावले धेरै काम बन्नेछन्। अचानक धन खर्च हुने योग रहेको छ। लगानीको क्षेत्रबाट मन सन्तुष्ट हुनेछ।

कुम्भ : न्यायको क्षेत्रमा सफलता प्राप्त गर्ने दिन छ। व्यापारमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। झुकेर भए पनि आफ्नो काम सफल पार्नुपर्ने देखिन्छ।

मीन : साथीको सहयोग प्राप्त हुनेछ। आफ्नो कुरा मात्र ठिक भन्ने शैलीले घाटा हुने देखिन्छ। साथीसँगको यात्रा हुने भएकाले दिन रमाइलो हुनेछ। परिवारको साथ मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]