०६ साउन २०८२, मंगलबार
22-07-2025 , Tue
×

सार्वजनिक सुनुवाई कार्यक्रम बारे बिभिन्न माग राख्दै विकास वादी युवाद्वारा ध्यानाकर्षण पत्र

Logo
ब्रहमदेव मेहता प्रकाशित सोमबार, साउन १५, २०८०

तस्वीर : ब्रहमदेव मेहता/नमो अनलाइन

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका युवाहरु पालिकाको गतिविधिमा निगरानी बढाउदै लामो समय देखी बिभिन्न बिषयमा गुनासोहरु पालिकामा राखिए पनि सम्बन्धीत पक्षले ध्यान न दिदा युवाहरु एकजुट भएर लिखित रुपमै मागहरु राख्दै ध्यानाकर्षण गराउन थालेका छन् ।

सोही क्रममा पालिकाले आउँदो श्रावण १९ गते गर्न लागिएको “सार्वजनिक सुनवाई कार्यक्रम” को बारेमा जारी गरिएको सुचनामा उल्लेख भएको समय, आचार संहिता र सुचना लुकाएको कुरा प्रति असन्तुस्टी जनाउँदै विकास वादी युवा अभियानले प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेल समक्ष ध्यानाकर्षण पत्र बुझाएका छन्।

सार्वजनिक पद र अधिकार धारण गरेका कर्तव्यपालक र सेवाग्राहीबीच सार्वजनिक रूपमा हुने प्रत्यक्ष अन्तरक्रियानै सार्वजनिक सुनुवाइ हो । सार्वजनिक सुनुवाइ जनताको अदालत हो, जसले सुशासनको मान्यतालाई अंगिकार गरेको हुन्छ । यसमा प्रश्नोत्तर विधिबाट अधिकारवाला र सेवाग्राहीबीच सेवा–प्रवाहका समस्या तथा जनसन्तुष्टिको स्थितिबारे समीक्षा गरी मूल्यांकन, सुझाब र पृष्ठपोषण प्रदान गरिन्छ । नियमित र खुला अर्न्तक्रियाका माध्यमबाट सेवाग्राहीलाई सन्तुष्टि प्रदान गरी विश्वासको वातावरण कायम गर्नु यसको उद्देश्य हो । सूचनाको हकसम्बन्धी ऐन तथा सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐनले पनि सेवाप्रति सेवाग्राहीको सुझाब तथा सुनुवाइलाई जोड दिएका छन् । सामान्यतया सार्वजनिक निकायले वर्षको एकपटक सार्वजनिक सुनुवाइ गर्छन् । यसबाट सेवाग्राहीका गुनासा सेवा–प्रदायकले सुनी पुनः नदोहोर्याउने प्रतिबद्धता व्यक्त गर्छन् । तर यि सब कुरालाई पालिकाले छोडी व्यक्तिको अभिव्यक्तिको अधिकारलाई कुण्ठित गर्दै पालिकाले सार्वजनिक सुनुवाईको आचार संहिता लागु गर्न खोजिएको भन्दै ध्यानाकर्षण पत्र बुझाएको अभियानका संयोजक पप्पु कुमार मेहताले बताउनु भयो ।

 

उक्त ध्यानाकर्षण पत्रमा राखिएका मागहरु :-

 

* सार्वजनिक सुनवाई कार्यक्रमको समय बिहान १० बजे हुनुपर्ने।

* वडा स्तरीय सार्वजनिक परिक्षण प्रतिवेदन समेत सार्वजनिक गर्नु पर्ने।

* गुणासो अभिलेखिकरणको छुट्टै व्यवस्था हुनुपर्ने।

* आचार संहिताको बुंदा नं. ७, ८ र ११ परिवर्तन गरी कार्यक्रम खुल्ला रुपमा हुनुपर्ने।

* गुणासो संकलन र त्यसको सम्बोधन को लागि अन्य माध्यम समेतको व्यवस्था गर्नु पर्ने ।

* सहजकर्ताको अनुभव र योग्यता कार्यक्रम सुरु हुनु भन्दा अगावै स्पष्ट गर्नु पर्ने ।

* मिति २०८०/०४/०५ गते को सुचनामा यो कार्यक्रम गाउँपालिका आफैले गर्ने भनिए पनि मिति २०८०/०४/१४ गते प्रकाशित दोस्रो सुचनामा अन्य संस्थालाई जिम्मेवारी दिनुको कारण स्पष्ट गर्नु पर्ने।

* कार्यक्रमको कुल बजेट र कार्य तालिका प्रस्तुत गर्ने। जस्ता मागहरु राखी ध्यानाकर्षण पत्र बुझाईएको छ।

त्यस्तै माग सम्बोधन नभए थप कडा कदम चालिने अभियानका प्रवक्ता संजय कर्णले जानकारी दिनुभयो।

यता ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत पौडेलले भने यस बिषय प्रति मेरो ध्यानाकर्षण भएको बताएका छन् । छिट्टै यस बिषयमा छलफल गरी उठाएको मागलाई सम्बोधन गर्ने बताउनु भयो। साथै युवाहरु पालिकाको गतिविधिमा चासो देखाएकोले स्वागत गर्दै धन्यवाद पनि दिएका छन्।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]