०७ साउन २०८२, बुधबार
23-07-2025 , Wed
×

आज २०८० वैशाख १६ गते आईतबारको तपाईको राशिफल

Logo
नमो अनलाईन प्रकाशित आइतबार, बैशाख १६, २०८१

आज मिति वि.सं.२०८१ बैशाख १६ गते आईतबार ई.सं.२०२४ अप्रिल २८ नेपाल सम्बत ११४४ चौलागा चतुर्थी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, बैशाख कृष्ण चतुर्थी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, शिव योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५:२६ बजे भने सूर्यास्त साँझ ०६:३५ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ भने वैदेशिक क्षेत्रका अधुरा काम बन्ने समय छ । मित्रजनले काममा सहयोग जुटाउनेछन् । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ मिल्ने योग छ । दाम्पत्य सुख र आनन्द बढ्नेछ । खेलकूद र भ्रमणमा अनुकूलता रहनेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नपर्ने समय छ । कुनै विशेष निर्णय गलत ठाउँमा पर्न सक्छ, सचेत रहनु हितकर होला । कडा प्रायस गरे पनि सफलता हात नलाग्ने र वादविवादमा पर्न सकिने योग छ, सावधान रहनुहोला । कामको बोझले थाकेको महसूस होला । घर-गृहस्थीमा पनि सामान्य समस्या आउन सक्छ । यात्रापरक काम बन्नेछ । आफन्तको साथ मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): नयाँ कामको सुरुवात खासै राम्रो नभएपनि शिक्षा क्षेत्रमा सफलता हासिल गर्न सकिने समय छ । ब्यापारबाट राम्रै लाभ मिल्नेछ, तर कार्यमा हैरानी बढ्न सक्छ । मन दुविधाग्रस्त रहला । सामाजिक काममा नाम रहने छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । बुद्धिको प्रयोगले समस्याको समाधान प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुने योग छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): व्यस्तता बढ्नेछ । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनु पर्नेछ र, यसले मान प्रतिष्ठा पनि दिलाउला । काम बन्नाले मन रमाउने छ । भौतिक सुख-सुविधाको साधन प्राप्ति हुनेछ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । मिठो भोजन प्राप्त हुने दिन छ । आरोग्यता रहला । पारिवारिक सुख मिल्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): बोलीमा सजगता नअपनाए झूटा आरोप लाग्न सक्ने समय छ, सचेत रहनुहोला । यात्रामा रमाइलो हुनेछ । सोच्दै नसोचेको स्थानबाट लाभ हुने योग छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । परिवारबाट टाढा बस्नुपर्ने समय छ । सार्वजनिक कार्यक्रममा आकर्षण रहला । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन पीडा दिनेहरू सक्रिय रहन सक्छन्, सावधान रहनुहोला । खर्च गर्दा पनि विशेष सावधानी अपनाउनुपर्नेछ । स्वास्थ्यसम्बन्धी सामान्य समस्या देखापर्न सक्छ । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । खानपानमा सजग रहनुहोला । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): बुद्धिविवेकले राम्रो काम गर्ने र चुनौतीहरू सजिलै पार लाग्ने समय छ । अनायासै ठिक निर्णय हुनेछ । आर्थिक पक्ष सबल रहला । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् । पाहुना आगमनको योग छ । विलासी काममा आकर्षण बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): प्रतिस्पर्धीहरू पराजित हुनेछन् भने आँटेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा हुने समय छ । व्यापार–व्यवसायमा पनि राम्रै फाइदाको सम्भावना छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । साझेदारीको काममा सफलता प्राप्त हुनेछ । सुखसुविधाको वस्तुमा खर्च होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सामाजिक एवं राजनैतिक क्षेत्रमा गरेको योगदानले मानसम्मान मिल्ने समय छ । मित्रवर्गबाट साथ–सहयोग पाइनेछ । घरायसी कार्यमा सामान्य समस्या रहन सक्छ । कमाइ भने रामै्र होला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने अवस्था आउन सक्छ, होसियारीपूर्वक कार्य गर्नुहोला । प्रेमभाव र सुख बढ्नेछ । दाम्पत्य सुख रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): कर्मबल बढ्नेछ । खर्चको मात्रा बढेपनि नयाँ काम सुरु गर्ने समय छ । नियमित काममा ढिलासुस्ती आउनुका साथै आर्थिक हानीको सम्भावना छ, सचेत रहनुहोला । स्वास्थ्यमा पनि सामान्य समस्या पर्न सक्छ । अरूको भर पर्दा काममा धोका हुने योग छ । मिठो भोजन प्राप्त होला । समस्यामा नियमकानूनले साथ दिनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): काममा सोचे जति फाइदा नभएपनि मन खुशी नै रहला । स्वास्थ्यमा देखिने समस्याले नियमित काम एवं पढाइलेखाइ प्रभावित हुने सम्भावना छ । मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ । बन्न लागेको काम बिग्रन सक्ने योग रहेकोले सावधानीका साथ काम गर्नु हितकर हुनेछ । पराक्रम बढ्नेछ र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): ब्यवसायबाट लाभ हुने समय छ । नयाँ काम सुरु गर्नु हितकर होला । व्यापारमा राम्रै धनलाभ हुनेछ । सामान्य खर्च र जोखिम पनि बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ । कुनैपनि समस्याको समाधान मिल्नेछ भने मिठो भोजन प्राप्त हुने दिन छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]