०६ साउन २०८२, मंगलबार
22-07-2025 , Tue
×

समाचार लेखेको भन्दै हरिनगरका पत्रकारलाई धम्की

पत्रकारद्वारा शान्ति सुरक्षाको माग
Logo
ब्रहमदेव मेहता प्रकाशित सोमबार, बैशाख २४, २०८१

तस्विर : नमो अनलाईन

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका-२ का २१ वर्षीय पत्रकार रूपेशकुमार मोचीले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् ।

मुस्लिम समुदायका युवाहरुले समाचार लेखेको विषयलाई लिएर धम्की दिएको पीडित पत्रकारको आरोप छ ।

हरिनगर गाउँपालिका-२ रामनगर भुटाहामा मा ०८० चैत २३ गते मुस्लिम समुदायका युवाले धर्मको विरोध गरेको आरोपमा एक जना युवालाई सार्वजनिक रूपमै कुटपिट गरेको विषयमा समाचार लेखेपछि धम्की आउने गरेको पीडित पत्रकारले बताएका छन् ।

शान्ति सुरक्षा र जीवनको रक्षाको माग गर्दै पत्रकार मोचीले ०८१ वैशाख २४ गते जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।

यता पत्रकार मोचीले जीवनको सुरक्षा गरीदिन माग गर्दै इन्सेकमा समेत निवेदन दिएको छ ।

जासुस खबरमा कार्यरत पत्रकार मोचीलाई धम्की दिएको विषयमा इन्सेकले जिल्ला प्रशासन कार्यालय र प्रहरीसँग समन्वय गरी दोषीको पहिचान गरी कानुनी कारबाही गर्न माग गरेको छ ।

मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र सन् १९९८ ले पत्रकारलाई मानव अधिकार रक्षकका रुपमा परिभाषित गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]