०६ साउन २०८२, मंगलबार
22-07-2025 , Tue
×

गोरु काटेर भोज गर्नेहरुलाई कार्वाही गर्न विहिप नेपालको माग

कार्वाही नगरे कठोर कदम चालिने चोतावनी
Logo
ब्रहमदेव मेहता प्रकाशित बिहिबार, साउन ३२, २०८०

तस्विर : नमो अनलाईन

हरिनगर । सुनसरीको धरानमा केही दिन अघि गोरु काटेको अभियोगमा इलाका प्रहरी कार्यलय धरानले दुई जनालाई पक्राउ गरेको थियो । पहिचानवादी अभियान्ताहरुको आन्दोलनबाट उनीहरु निशर्त रिहाई भए । रिहाई पछि दुबैजनलाइ धरान ११ स्थित मंगलबारे चोकमा सम्मान स्वागत सङ्गै सामुहिक रुपमा गोरु काटेर मासु खाँदै गरेको भिडियो बनाएर पोस्ट गरेको प्रति विश्व हिन्दू परिषद नेपालले विज्ञप्ति जारी गर्दै कार्वाहीको माग गरेका छन् ।

बहुसंख्यक सनातन हिन्दू धर्मावलम्बीहरुको आस्था र विश्वासको ख्याल नगरी खुलेआम गौवंशको सार्वजनिक रुपमा हत्या गरि भोज गरिरहेको भिडियो बनाएर समाजिक सञ्जालमा सम्प्रेषण गरिनु निकै दुःखकुरा भएको विहिपले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

विहिप नेपालले जारी गरिएको विज्ञप्तिमा भनिएको छ : हालै धरानमा तारेखमा रिहा भएका अपराधी सहितका समूहद्वारा सार्वजनिक रूपमा गोरूको हत्या गरि आयोजना गरिएको भोज प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नेपालमा धार्मिक द्वन्द निम्त्याउने आपराधिक समूहद्वारा घटाईएको उक्त जघन्य क्रियाकलापको विश्व हिन्दू परिषद् नेपाल घोर भर्त्सना गर्दछ ।

गाई (गौवंश) नेपालको राष्ट्रिय जनावर मात्र नभई बहुसंख्यक सनातनी हिन्दूहरुको आस्था एवं अन्तर आत्मासंग समेत जोडिएको तथ्य सर्व विदितै छ । हिन्दूहरु गौवंशलाई भगवानको रुपमा पुज्ने गर्दछन । गौवंशको हिन्दू धर्ममा धार्मिक महत्व रहनुका साथै वैज्ञानिक रुपमा समेत विशेष महत्व रहेको छ ।
नेपालको कानुनले गौहत्यालाई पूर्णतः वर्जित गरेको भएता पनि दिनानुदिन गौ हत्याको घटना बढनु गम्भीर एवं चिन्ताजनक विषय हो । कानुनमा गौहत्यालाई दण्डनीय अपराध भनेर उल्लेख गरिएता पनि व्यवहारमा दण्डहीनता मौलाएको देखिन्छ ।

घटनामा संलग्न रहेका अपराधीहरूले सार्वजनिक रूप मै गौमांसको भोज आयोजना गर्दै भिडियो बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्दा समेत प्रहरी प्रशासन मौन रहनुले प्रहरी प्रशासनको चरित्रमा समेत प्रश्न चिन्ह खडा भएको छ । यसपूर्व धरान स्थिति एक हिन्दू मन्दिरको गरिमा विपरित चर्च स्थापनामा धरानका नगर प्रमुखको मौन समर्थन एवं संलग्नताले धरानमा हिन्दू विरोधी तत्वको मनोबल बढेको देखिन्छ ।

यस किसिमको घटनाक्रमले बारम्बार हिन्दू समुदायको आस्था एवं भावनामा गम्भीर चोट पुऱ्याउँदै खेलवाड गर्दै आएको छ । गौहत्यामा संलग्न अपराधीहरुलाई समय मै कानुनी दायरामा ल्याईएन भने समाजिक सद्भावमा समेत खलल पुग्ने देखिन्छ । नेपालको राष्ट्रिय जनावरको रक्षा एवं बहुसंख्यक जनताको भावनाको कदर गर्दै गौवंश हत्यामा संलग्न अपराधी एवं यस प्रकृतिका अपराधीलाई बचाउन खोज्ने तत्व समेतलाई कडा भन्दा कडा कारवाही गर्न विश्व हिन्दू परिषद नेपाल सम्बन्धित निकाय समक्ष हार्दिक अपिल गर्दछ । कुनै पनि बहानामा यस्ता अपराधीलाई जोगाउने प्रयास गरियो भने हामी कठोर कदम चाल्न बाध्य हुनेछौं र तत्पश्चात सिर्जना हुने परिस्थितिको जिम्मेवार सम्बन्धितपक्ष स्वयं हुनेछ ।

नेपाल धर्म निरपेक्ष देशहो यहाँ सबैलाई आ(आफ्नो धर्म संस्कृति मान्ने अधिकार छ। तर यसरी खुलेआम बहुसंख्य समाजको आस्थाको ख्याल नगरी प्रसासनलाई नै चुनौती दिदै यस्तो कार्य गरिनु उचित देखिदैन। यस बिषयमा सरकार र प्रसासनले दखलदिई यस्ता कार्यलाई निर उत्साहित गर्न आवश्यक कदम चालिनु पर्ने देखिन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]