०६ साउन २०८२, मंगलबार
22-07-2025 , Tue
×

गिरी फाउन्डेसनले मोरङ कारागारमा गरेको निःशुल्क स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढी कैदीबन्दी लाभान्वित

Logo
नमो संवाददाता प्रकाशित आइतबार, जेठ १३, २०८१

तस्विर : नमो अनलाईन

विराटनगर । कोशि प्रदेशस्थित गिरी फाउन्डेसनले मोरङ कारागारमा गरेको निःशुल्क स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढी कैदीबन्दी लाभान्वित भएका छन् ।

शनिबार फाउन्डेसनले पारस हस्पिटलको समन्वयमा गरेको शिविरमा पाँच सयभन्दा बढी कैदीबन्दीहरूले सेवा लिएका हुन् ।

स्वास्थ्य शिविरमा थाइराइड, ब्लडप्रेसर, सुगर, दम र छालासम्बन्धी रोगलगायतको परीक्षण गरिएको पारस हस्पिटलका वरिष्ठ फिजिसियन डाक्टर सन्दीप पन्तले जानकारी दिए ।

विशेषगरी गर्मीका कारण हुने स्वास्थ्य समस्या अनि छालासँग सम्बन्धित रोगले ग्रसित बिरामीको संख्या अधिक रहेको डा। पन्तको भनाइ छ ।

फाउन्डेसनले निःशुल्क रूपमा औषधिसमेत वितरण गरेको थियो ।

महँगो अस्पताल पुगेर खर्चिलो उपचार सेवा लिनबाट बञ्चित बिरामीहरूले सुलभ र सहज उपचार सेवा पाएको कैदीबन्दीले प्रतिक्रिया दिएका छन् ।

विशेषतः भौतिक संरचनाको अभावमा क्षमताभन्दा धेरै कैदीबन्दी अटाउनुपर्ने बाध्यता रहेको मोरङ कारागारमा बिरामी हुँदा सरकारी अस्पताल पुर्‍याइने गरिएको छ ।

तर, त्यहाँ अपेक्षाअनुरूप सेवा पाउँदैनन् । अनि, आर्थिक रूपले कमजोर बिरामी कैदीबन्दी निजी अस्पताल जान सक्दैनन् ।

त्यस्ता कैदीबन्दीलाई यो स्वास्थ्य शिविरबाट धेरै फाइदा पुगेको जेलर चेतराज बरालले बताए ।

गिरी फाउन्डेसनले विराटनगर–११ स्थित पारस मल्टिस्पेसियालिटी हस्पिटलसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिरहेको छ ।

गत शनिबार फाउन्डेसनले विराटनगर महानगरपालिका–९ स्थित श्री सरस्वती माध्यमिक विद्यालयमा शिविर आयोजना गरेको थियो, जसमा एक सय १० जनाले सेवा पाउँदा दुई लाख रुपैयाँ बराबरको औषधि वितरण भएको थियो ।

सो शिविरमा विराटनगर महानगरप्रमुख नागेश कोइराला, वडा नम्बर ९ का वडाध्यक्ष विश्वनाथ प्रसाद भगतले पनि स्वास्थ्य जाँच गराएका थिए ।

त्यसअघि विराटनगर–८ मा रहेको श्री ज्ञानकुञ्च आधारभूत विद्यालयमा, विराटनगरस्थित जिल्ला प्रहरी कार्यालयमा र विराटनगर–१ स्थित परोपकारघाटमा स्वास्थ्य शिविर चलाएको थियो ।

समाजसेवामा सक्रिय बनेका अभिषेक गिरीले स्थापना गरेको फाउन्डेसनले विपन्न वर्गका बिरामीलाई मध्यनजर गर्दै शिविर आयोजना गरेको हो ।

निःशुल्क शिविरको पाँचौं संस्कणसम्म आइपुग्दा सेवाग्राहीबाट राम्रो प्रतिक्रिया आएको पारस हस्पिटलका प्रबन्ध निर्देशक हेमनारायण मेहताले बताए ।

अस्पतालको पहुँचबाट टाढा रहेका विपन्न वर्गका सर्वसाधारणलाई मध्येनजर गरेर शिविरको आयोजना गरिएको फाउन्डेसनका अध्यक्ष अभिषेक गिरीको भनाइ छ ।

मौलिक हकअन्तर्गतको स्वास्थ्य अधिकारबाट नागरिक बञ्चित भइरहेको बताउँदै उनले सरकार तथा सम्बन्धित निकायको ध्यान खिच्न पनि शिविर चलाइरहेको बताए ।

आगामी दिनमा वृद्धाश्रमलगायत ठाउँमा शिविरको आयोजना गर्ने उनको योजना छ ।

पछिल्लो समय गिरी स्वास्थ्य क्षेत्रको पहुँचमा सर्वसाधारणलाई पुर्‍याउन अनि शैक्षिक सुधारका लागि खटिइरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]