०६ साउन २०८२, मंगलबार
22-07-2025 , Tue
×

आज जेठ १५ गते मंगलबार, तपाईको राशिफल

Logo
नमो अनलाईन प्रकाशित मंगलबार, जेठ १५, २०८१

आज मिति वि.सं. २०८१ जेठ १५ गते मंगलबार ई.सं.२०२४ मे २८ नेपाल सम्बत ११४४ बछलागा पञ्चमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, जेष्ठ कृष्ण पञ्चमी, चन्द्रमा मकर राशिमा उत्तरषाढा नक्षत्र, ब्रद्म योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५: ०९ बजे भयो भने सूर्यास्त साँझ ०६: ५३ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): विभिन्न अवसर पाइने र कीर्तिमानी काम सम्पादन हुन सक्ने समय छ । तर, नयाँ कामको सुरुवात खासै राम्रो छैन । आवश्यकताभन्दा ज्यादा परिश्रम पर्न सक्छ । पारिवारिक भेटघाटको योग छ । दौडधुप रहला । जोखिमप्रति सचेत रहनु बेस रहला । आफन्तसुख प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्ला । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । दाम्पत्यसुख बढ्ला । मित्रजनको सहयोग प्राप्त हुनेछ । परिवारिक सुख बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): विशेष योजनाहरू बन्ने दिन छ । नयाँ ज्ञान मिल्ला । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । पढाइमा प्रगति हुनेछ भने आत्मीयजनसँग भेटघाट होला । सरसफाइ, वागबगैंचासम्बन्धी काममा आकर्षित होइएला । आरोग्यता वृद्धि हुनेछ, रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । मान महत्व बढ्नेछ । सुख शान्ति प्राप्त हुनेछ । मनोकूलको काम बनेर मन प्रशन्न रहला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समय केही चुनौतीयुक्त छ । नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला, तर गर्दैआएको कामलाई भने निरन्तरता दिन सकिनेछ । पीडा दिनेहरू सक्रिय रहन सक्छन्, सवधान रहनुहोला । केही कामका अवसर फुत्कने सम्भावना रहेकोले सचेत रहनु हितकर होला । सन्तानसुख प्राप्त हुनेछ । प्रेमभाव बढ्नेछ । आरोग्यता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): ब्यस्तता रहला । लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय छ । पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिएला । प्रतिभा देखाएर अवसर हातपार्न सकिनेछ । बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । विशेषतः सिर्जनशील काममा सफलता मिल्ला । आरोग्यता रहला, रसरागमा आकर्षण बढ्नेछ । सुख वृद्धि हुनेछ । विजयश्री प्राप्त हुने योग छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्ने समय छ । भौतिक साधन जुट्नेछन् भने मातापिताको सहयोग प्राप्त होला । कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ । प्राकृतिक पर्यावरणमा मन रमाउने छ । मिठो भोजन प्राप्त हुनेछ । हासविलास खेलकुद भ्रमणमा आकर्षण रहला । समस्यामा उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): पराक्रम वृद्धि हुनेछ । स्वास्थ्यले पनि साथ दिने समय छ । अरूलाई प्रभावित पारेर काम लिन सकिएला । मेहनतको राम्रै फल प्राप्त हुने योग छ । व्यवसायका लागि यात्राको सम्भावना छ । दाम्पत्यजीवन सुखद रहला । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । अनुकूलता वृद्धि होला । विलासी कार्यमा सफलता प्राप्त हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्ने समय छ । स्वास्थ्य भने त्यति अनुकुल नरहला । कसैले दिएको अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने सम्भावना छ । खर्च केही बढ्न सक्छ । तथापि, मिठो भोजन प्राप्त हुनेछ । रसरागमा रुचि बढ्नेछ । भाग्यबल वृद्धि होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): उत्साहजनक समाचारले हर्ष बढाएपनि चिताएको काम पूरा नहुन सक्छ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । लगानी बढ्नेछ । रसरागमा आकर्षण रहला । यात्रामा सफलता हात पर्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): कर्मबल बढ्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुने दिन छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधन खरिद गर्दै हुनुहुन्छ भने समय सही छ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्नु उपयुक्त हुनेछ । वर्चस्व वृद्धि हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): कर्मबल बढ्ने तथा अवसरले पछ्याउने समय छ, बोलीको प्रभाव पनि बढ्नेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । धनलाभ होला । मंगलमय काम सम्पादन हुन सक्छन् । व्यवसायमा लाभ होला । नवीन कार्य आरम्भ हुने सम्भावना छ । मिठो भोजन प्राप्त हुनेछ । सार्वजनिक कार्यक्रममा आकर्षण रहला । अनुकूलता बढ्नेछ । मित्रजनको साथ मिल्नेछ । सन्तानसुख बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): निश्चय भएको काम अचानक बिग्रन सक्छ । साथीभाइबाट धोका हुन सक्छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन, सचेत रहनुहोला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा केही खटपट पर्न सक्ने योग छ । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]