०६ साउन २०८२, मंगलबार
22-07-2025 , Tue
×

मन्दिरको जग्गा प्रकरणः समयसीमा सकिँदा पनि कछुवा तालमा छानबिन गर्दै समिति

Logo
नमो संवाददाता प्रकाशित बिहिबार, जेठ १७, २०८१

तस्विर : नमो अनलाईन

विजयपुर । धरान–१४ स्थित दुई धारे दक्षिणतर्फको नरसिंह भगवान् मन्दिरको जग्गा प्रकरणमा बनेको छानबिन समितिले पाएको समय सीमा पूरा भए पनि ठोस निष्कर्ष निकाल्न सकेको छैन ।

मन्दिर पक्षले छानबिन समिति नै प्रभावित बनेको त होइन भन्दै प्रश्न गरेको छ । मन्दिरलाई धरानका आचार्य परिवारले दान दिएको धरान–६ स्थित पानबारीमा सात कठ्ठा १० धुर जग्गा छ । उक्त जग्गाको हालको मूल्य सात करोड रुपैयाँभन्दा माथि छ । उक्त जग्गा व्यक्तिको नाममा ल्याउन चलखेल भएको समाचार प्रकाशित भएपश्चात् जिल्ला प्रशासन कार्यालय सुनसरीले जेठ ३ गते छानबिन समिति गठन गरेको थियो । इलाका प्रशासन कार्यालय धरानका प्रमुख अनोज घिमिरेको संयोजकत्वमा बनेको तीन सदस्यीय समितिमा धरान उपमहानगरका र नापी कार्यालय धरानका प्रमुख सदस्य छन् । छानबिन समितिको सात दिनको समय सीमा रहेको थियो तर, १५ दिनसम्म पनि समितिले छानबिनको कामलाई पूर्णता दिएको छैन ।

छानबिन समितिले प्रतिवेदन तयार पारेर सार्वजनिक नगरेपश्चात् मन्दिर संरक्षण समितिले छानबिन समिति नै कतै प्रभावित बनेको छैन ? भन्दै प्रश्न उठाएको छ । संरक्षण समितिका अध्यक्ष टोमप्रसाद आचार्यले १५ दिनसम्म प्रतिवेदन सार्वजनिक नहुँदा छानबिन समिति प्रभावित बनेको हो कि भन्दै प्रश्न गरे । यस विषयमा इलाका प्रशासन कार्यालय धरानका प्रमुख तथा छानबिन समिति संयोजक घिमिरेले हालसम्म प्रमाण सङ्कलन गर्ने काम भएको बताए । उनले भने, ‘आफू बिदामा भएको समयमा समिति गठन भएछ । म आएपश्चात् नापी कार्यालय प्रमुख बिदामा बस्नुभयो । त्यसैले ढिलो भयो’ उनले थपे, ‘प्रमाण सङ्कलनको काम सक्यौँ । द्रुत रूपमा काम गर्दैछौँ । आगामी १५ दिनभित्र प्रतिवेदन बुझाउँछौँ ।’ उनका अनुसार १५ दिनको म्याद थप गरिएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले प्रक्रिया अघि बढेको बताए । प्रमुख आचार्यले ‘जग्गा व्यक्तिको नाममा ल्याउने प्रक्रिया रोकिएको छ । अख्तियार र गृह मन्त्रालयमा पुगिसकेको छ । छानबिन समितिले सत्य–तथ्य नल्याई सुखै छैन, कुनै विकल्प छैन । तलमाथि गर्ने ठाउँ छैन । नरसिंह मन्दिरकै जग्गा हुन्छ ।’ मन्दिरको जग्गा व्यक्तिको नाममा ल्याउन धरान–६ का वडाध्यक्ष भूपेन्द्र भट्टराई तथा पूर्व प्रधानपञ्च पदम कार्कीसहितले झुटो सर्जमिन गरेका थिए । अहिले जोतभोग गर्ने भक्तबहादुर मगर भए पनि लालबहादुर मगर बनाएर सर्जमिन गरेका थिए ।

धरान ६ नं. वडा कार्यालयले २०८० चैत १५ मा छुट जग्गा दर्ता गर्न लालबहादुर थापा मगरलाई सिफारिस गरेको थियो । यस्तै २०८० चैत १६ गते दुई नाम, थर एकै भएको भनी प्रमाणित गरेर सिफारिस गरेको थियो । २०८० चैत १५ गते ६ नं. वडा कार्यालयको रोहवरमा सर्जमिन मुचुल्कासमेत गराएको थियो । ७ करोड रुपैयाँभन्दा माथिको जग्गा व्यक्तिको नाममा ल्याउन लेखापढी सेन्टरदेखि भूमाफियासमेतको मिलेमतो रहेको आरोप लाग्दै आएको छ ।

मन्दिरको जग्गाको निस्सामा देखिएका लालबहादुर थापा मगरले सञ्चारकर्मीसँग कुरा गर्दा जग्गा मन्दिरकै भएको बताएका थिए । लालबहादुरले आफूलाई खोज्दै भूमाफिया आएको र आफ्नै नाममा आए पनि मन्दिरलाई दिनुपर्ने बताएका थिए । लालबहादुरले बोलेको विषयमा समाचार प्रकाशित भएपछि सुरुमा दाबी गर्दै आएका पूर्व प्रधानपञ्च कार्कीले झुटो सर्जमिन गरेको पनि स्वीकारेका थिए । उनी जग्गाको सर्जमिन मुचुल्कामा साक्षी बसेका छन् ।

गत माघमा नेपाल सरकारले छुट जग्गा दर्ता गर्न चाहनेका लागि दुई वर्षभित्र आवेदन दिन सूचना प्रकाशित गरेपछि धरान–६ का लालबहादुर थापा मगरले उक्त जग्गा आफ्नो भएको भन्दै मालपोत कार्यालय धरान सुनसरीमा निवेदन दिएका हुन् । मगरले दिएको निवेदनका आधारमा साविक बाँझगरा वडा नं. ३ क कित्ता नं. १२५ मा रहेको सात कठ्ठा १० धुर जग्गामा लालबहादुर थापा मगरले दाबी गरेको भन्दै ३५ दिने सार्वजनिक सूचना मालपोत कार्यालयले प्रकाशित गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]