०६ साउन २०८२, मंगलबार
22-07-2025 , Tue
×

सुनसरीका पत्रकार यादव सम्मानित

Logo
नमो संवाददाता प्रकाशित सोमबार, जेठ २१, २०८१

तस्विर : नमो अनलाईन

काठमाडौं । सुनसरीका पत्रकार गनेश कुमार यादव सम्मानित भएका छन्।

साेमबार काठमाडौंकाे बूढानीलकण्ठमा गाै संरक्षण अभियानले एक कार्यक्रमकाे आयाेजना गरि पत्रकार यादवलाई सम्मान-पत्र सहित नगद रु पैंतीस सय पाँच रुपैयाँ दिएर सम्मान गरेकाे हाे ।

वैदिक सनातन हिन्दूहरुको आस्था र धरोहरको केन्द्रविन्दु गाई लाई सुनसरीकाे इनरुवामा हत्या गरिएको अवस्थामा पत्रकार यादवले जिवनको पर्वाह नगरी गौ तस्कर र अधर्मिहरुलाई पर्दाफास गरि मिडिया मार्फत नेपाल प्रहरीलाई रंगेहात पक्राउ गराउन सफल भएकाेले यादवकाे साहस र गौमाता प्रतिको श्रद्धालाई गाै संरक्षण अभियानले नगद ३५ सय ५ रुपैयाँ सहित सम्मान-पत्र प्रदान गरेकाे गाै संरक्षण अभियानकी केन्द्रीय अध्यक्ष स्मृति राणा मल्लले जानकारी दिइन् ।

गत जेठ १४ गते सोमबारका दिन सुनसरीको इनरवा नगरपालिका वडा नम्बर ३ स्थित रहेको बक्खो टाेलमा विगत लामो समयदेखि गाई गोरुको मासु काटेर इनर्वा लगायत आसपासका क्षेत्रमा राँगाकाे मासु भन्दै बिक्रीवितरण गर्दै आएका समुका एकजनालाई पत्रकार यादवले जिल्ला प्रहरी कार्यालय सुनसरीको सहयाेगमा रंगेहात पक्राउ गराएका थिए । उक्त टाेलमा दुई वटा घरमा गाई र गाेरु काट्दै गरेकाे अवस्थामा प्रहरीले स्थानीय फेकु कुरेसीलाई पत्राउ गरेकाे थियाे भने अन्य ६ जना फरार भएका थिए । साे क्रममा पत्रकार यादवमाथि उक्त समूहका एकजनाले खुकुरी प्रहार गरे खुकुरीले बच्चा सफल भएपछि दाँतले टाेकेर सामान्य टाेट पुर्याएका थिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ परेका कुरेसीलाई म्याद थप गरि कानुनी प्रक्रिया अगाडि बढाएकाे तथा फरक अन्य ६ जनालाई पक्राउ गर्नका लागि प्रहरी परिचालित समेत गरेकाे छ ।

एता सम्मानित भएभछि यादवले खुशी व्यक्त गरेका छन् । उक्त सम्मानले आफुले देश तथा जनताकाे पक्षमा काम गर्नका लागि थप हाैसला पाएकाे उनले उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]