०६ साउन २०८२, मंगलबार
22-07-2025 , Tue
×

हरिनगर गाउँपालिकाको १७ औं गाउँसभा अधिवेशन सुरु

Logo
ब्रहमदेव मेहता प्रकाशित आइतबार, आषाढ १०, २०८१

तस्विर : नमो अनलाईन

हरिनगर । सुनसरीको सिमावर्ती क्षेत्र हरिनगर गाउँपालिकाको १७ औं गाउँसभा अधिवेशन शुरु भएको छ ।

आर्थिक बर्ष २०८१।०८२ को निति तथा कार्यक्रम र वार्षिक बजेट पेश गरी गाउँसभा अधिवेशन सुरु भएको हो ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीको सभाध्यक्षतामा सुरु भएको १७ औं गाउँसभा अधिवेशनमा पालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतले आर्थिक बर्ष २०८१।०८२ को नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्नु भएको थियो ।

आर्थिक बर्ष २०८१।०८२ को वार्षिक बजेटमा रु. ५२ करोड ८५ लाख २४ हजार आय प्रस्ताव गरिएको छ । संघिय सरकार वित्तिय समानिकरण तर्फ रु. १२ करोड ६७ लाख, सशर्त अनुदान तर्फ २३ करोड ९० लाख ५५ हजार, समपुरक अनुदान तर्फ १ करोड १० लाख, राजश्व बाँडफाँड तर्फ रु. १० करोड ६४ लाख, प्रदेश सरकार वित्तिय समानिकरण अनुदान तर्फ रु. ७९ लाख ४८ हजार, सर्शत अनुदान रु. ३९ लाख ३३ हजार , राजश्व बाँडफाँड सवारी कर रु. ४४ लाख ८८ हजार , घर जग्गा रजिष्टेशन रु. ८० लाख, समपुरक अनुदान रु. १ करोड तथा गाउँपालिकाको आन्तरिक श्रोत तर्फ विभिन्न कर दस्तुर र अल्या समेत गरी रु. १ करोड, बेरुजु पर्छयौटबाट प्राप्त हुने रकमरु. १० लाख सहित रु. ५२ करोड ८५ लाख २४ हजार आय प्रस्ताव गरिएको छ । आर्थिक बर्ष ०८१।०८२ को व्यय तर्फ चालु खर्चमा रु. ३५ करोड ३० लाख २४ हजार र पुँजिगत तर्फ रु. १७ करोड ५५ लाख गरी कुल जम्मा रु. ५२ करोड ८५ लाख २४ हजार व्यय प्रस्ताव गरेको छ ।

सुनसरी क्षेत्र नं. ४ ख का प्रदेश साँसद इसराइल मन्सुरीको प्रमुख आथित्यमा शुरु भएको सो गाउँसभा अधिवेशनमा छिमेकी पालिका भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर मियाँ , कोशी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारी समेतको अतिथिको रुपमा उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]