०६ साउन २०८२, मंगलबार
22-07-2025 , Tue
×

जिल्ला अस्पताल सुनसरीको समाजिक परिक्षण सम्पन्न

Logo
नमो संवाददाता प्रकाशित शनिबार, आषाढ २३, २०८१

तस्विर : नमो अनलाइन

इनरुवा । सुनसरीको सदरमुकाम इनरुवा सहित दर्जन बढी ग्रामीण तथा शहरी क्षेत्रलाई स्वास्थ्य सेवा दिदै आएको सुनसरी जिल्ला अस्पताल इनरुवाले आज एक समारोह बीच आफ्नो समाजिक परिक्षणसम्पन्न गरेकोछ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा प्रजिअ तिवारिले स्वास्थ्य क्षेत्र संवेदनशिल क्षेत्र भएकोले यस्को सफल ब्यवस्थापनमा सम्पुर्ण सरोकारवाला हरु लाग्नुपर्ने बताएकाछन ।

जिल्ला अस्पताल सुनसरीको थप बिकासका लागि नागरिक समज संगै सबै सरोकारवाला लाग्नुपर्ने धारणा राख्दै प्रजिअ तिवारीले अस्पतालको अस्पतालको प्रगति प्रती खुशी व्यक्त गर्दै जनता र सेवाग्राहीका लागि थप गम्भीर बन्न अस्पताल प्रशासनलाई सुझाए । उनले सामाजिक परिक्षण र त्यस्मा प्रस्तुत गरिएका सुझावलाई सम्बोधन गर्न अस्पताल प्रशासनलाई सुझाव दिदै सेवामा अझ गम्भीर बन्न सुझाए ।
बिगतको तुलनामा निरन्तर सेवा बिस्तार संगै अगाडि बढदै गएको अस्पतालले दिई रहेको सेवाबारे गरिएको सामाजिक परिक्षणमा सहभागी सय बढी सेवाग्राहीले अस्पतालले हालदिइरहेको सेवा प्रती सन्तुष्टि व्यक्त गरेका थिए भने केहिले थप सुधारको आवस्यकतालाई औलाएका थिए ।
पचिल्लो बर्षको तुलनामा थप धेरै सेवा बिस्तार गरि सेवा ग्राहीलाई सेवा दिई रहेको अस्पतालले पुर्वाधार संगै बिरामी सेवामा गम्भीरता देखाएको प्रति सह्भागीहरुले खुशी समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा अस्पतालकि मे.सु डा. श्रेया पङेनीले अस्पतालको बिकासमा आफू र आफ्नो ब्यवस्थापन टिम पुर्ण जिम्मेवार भै लागीपरेको कारण अस्पताल सुधारको यात्रामा सफलता प्राप्त भएको प्रति खुशी व्यक्त गर्दै अस्पतालको थप बिकासका लागि आफू र आफ्नो टिम सदा लागिरह्ने बताइन । उन्ले अस्पतालले निरन्तर जन्सेवामा आफ्नो स्तरलाई उकासेपनि कहिले काहीँ हुने गलत प्रचारबाजीले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको मनोबल घटने हुदा त्यस तर्फ सबै सरोकारवाला लाई गम्भीर हुन समेत आग्रह गरिन ।
उनले अस्पताल हामी सबैको साझा भएकोले केही समस्या आए सिधा आफू वा तोकिएको अधिकारी समक्ष गुनासो आए तत्काल त्यस् समस्याको समाधान गर्न आफू र आफ्नो प्रशासन हरेक पल तयार रहेको बताइन ।

अस्पताल ब्यवस्थापनमा देखिएका थप समस्याहरु समाधानमा सरोकार बाला सबै गम्भीर बने जिल्ला अस्पताल नमुना अस्पताल बन्नेमा दुइमत न रह्ने उनले बताइन ।
नागेस्वर मिडियाको सह्कार्यमा शुक्रवार आयोजित सो कार्यक्रममा इनरुवा र आस्पासका अगुवा नागरिक . समाजिक अभियन्ता लगायत दर्जनभन्दा बढी सरोकार बाला हरुको सह्भागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]