०६ साउन २०८२, मंगलबार
22-07-2025 , Tue
×

प्राकृतिक प्रकोपबाट कोशी प्रदेशमा १ वर्ष भित्र ७७ जनाको मृत्यु, २७७ घाइते

Logo
नमो संवाददाता प्रकाशित बुधबार, साउन ०२, २०८१

तस्विर : नमो अनलाईन

विराटनगर । कोशी प्रदेशमा प्राकृतिक प्रकोपबाट आर्थिक वर्ष २०८०/०८१ एक वर्षको अवधिमा ७७ जनाको मृत्यु भएको छ । उक्त घटनाहरूमा कुल २७७ जना घाइते भएका थिए ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार उक्त अवधिमा सबै भन्दा बढी १ हजार ७३१ स्थानमा आगलागीका घटना भएका थिए । ४९६ स्थानमा पहिरो र ११७ स्थानमा बाढीले क्षति पुर्‍याएको थियो ।

१८४ स्थानमा हावाहुरी र ८७ स्थानमा चट्याङले क्षति पुर्‍याएको थियो । सबै प्राकृतिक प्रकोपका घटनाहरूमा मृत्यु र घाइते सहित कुल २ हजार २७४ घर परिवार प्रभावित भएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रकोपका उक्त घटनाहरूमा घर परिवारले पाल्दै आएको गाई वस्तुहरू पनि मरेर ठुलो क्षति पुर्‍याएको छ । तथ्याङ्क अनुसार उक्त घटनाहरू कुल ७ हजार ९०८ को सङ्ख्यामा चौपाया गाईबस्तु मरेका छन् । घाइते गाईबस्तुको सङ्ख्या २४४ रहेको छ ।

उक्त जानकारी प्रदेश प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक भीम बहादुर दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]