०६ साउन २०८२, मंगलबार
22-07-2025 , Tue
×

समाज सेवामा युवाको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कार्की

Logo
नमो अनलाईन प्रकाशित आइतबार, साउन १३, २०८१

तस्विर : नमो अनलाईन

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाज सेवामा युवाको भूमिका महत्वपूर्ण हुने बताए।

लायन्स क्लब विराटनगर सेन्टरको आज यहाँ आयोजित २९औँ पदस्थापना समारोहमा मुख्यमन्त्री कार्कीले युवाको माध्यमबाट समाजमा रहेका विकृति, विसङ्गति, अन्धविश्वास र कुरीति प्रथालाई अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।

मुख्यमन्त्री कार्कीले भने, “राष्ट्रिय हित, सार्वभौम नेपाल र नेपाली जनतालाई शिरमा राखी क्लबले गर्ने सामाजिक कार्यमा आगामी दिनमा थप सफलता मिलोस्।

” उनले मुलुकमा लागुपदार्थ दुव्र्यसनमा युवापुस्ता फस्दै चिन्ता व्यक्त गरे यसबाट उनीहरुलाई मुक्त गर्न क्लबले थप सक्रियता दिनुपर्नेमा उनले आग्रह गरेका छन्।

मुख्यमन्त्री कार्कीले मानव समुदायलाई सुसंस्कृत, अनुशासित एवं सुयोग्य पात्र बनाउने भूमिकामा हामी सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।

उनले हरेक मानिसले आफ्नो, परिवार, समाज र राष्ट्रका लागि योगदान दिनुपर्छ भन्ने दायित्व बुझाउनु आवश्यक रहेको विचार राखे कार्यक्रममा सन् २०२४–२५ का लागि सेन्टरका अध्यक्ष फडिन्द्र अधिकारीलाई पदस्थापन गरिएको थियो।

सेन्टरले विगत २९ वर्षदेखि सामुदायिक विद्यालय, खानेपानी, जाडोमा गरिबलाई न्यानो कपडा वितरण तथा बाढीपीडितलाई सहयोग उपलब्ध गराउदै आएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]