०६ साउन २०८२, मंगलबार
22-07-2025 , Tue
×

साउन २५ गते शुक्रबारको तपाईको राशिफल

Logo
नमो संवाददाता प्रकाशित शुक्रबार, साउन २५, २०८१

तस्विर : नमो अनलाइन

आज मिति वि.सं.२०८१ साउन २५ गते शुक्रबार ई.सं.२०२४ अगस्त ०९ नेपाल सम्बत ११४४ गुंलाथ्व पञ्चमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण शुक्ल पञ्चमी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, सिद्ध योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५:३१ बजे भयो भने सूर्यास्त साँझ ०६:४६ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन नयाँ कामको सुरुवात खासै राम्रो नहोला । कार्यमा हैरानी बढ्न सक्छ, ब्यापार-व्यवसायमा पनि घाटा लाग्ने योग छ । मनमा दुविधाग्रस्त रहन सक्छ । जागिरमा पनि सजक रहनु हितकर होला । सामाजिक काममा नाम रहने योग छ । स्वास्थ्यका दृष्टिकोणले राम्रो समय छ । व्यस्तता बढ्नेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): वैवाहिक जीवन सुखी हुने तथा प्रेम र मित्रताको बन्धन कसिने दिन छ । विभिन्न सहयोग र उपहार पाइएला । चल–अचल सम्पत्तिको कारोबार हुनेछ । पाहुना आगमनको सम्भावना छ । यात्रागत कार्य बन्नाले मन रमाउने छ । पराक्रमका साथै बौद्धिकता र रचनात्मकता बढ्नेछ । आरोग्यता रहनेछ । परिवारिक सुख बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): परोपकारकारका क्षेत्रमा मन आकर्षित हुने समय छ । मित्रजनसँग भेटघाट र मिष्ठान्न भोजनको अवसर मिल्ला । दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन् भने व्यापारबाट पनि राम्रै आम्दानी हुने योग छ । नसोचेको काम बन्ने दिन छ । मिठो भोजन प्राप्त हुनेछ । मान महत्व बढ्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन विरोधिपक्ष वा शत्रुले सताउने योग छ, सजक रहनुहोला । खर्च र विवाद पनि हुने देखिन्छ । भौतिक साधनको क्षतिले अनावश्यक धननाशको सम्भावना छ, सवारीसाधन चलाउँदा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । खानपानमा पनि सचेत रहनुहोला । कतै यात्रा गर्नुछ भने सकभर थाती राखेकै राम्रो हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दिन रमाइलै छ । प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । धनजनमा वृद्धि हुने योग छ भने ठुला ब्यक्तिसंग भेटघाट हुन सक्छ । अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । केही खर्च बढेपनि समयले साथ दिनेछ । रसरागमा आकर्षण रहला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन नयाँ साथीसँग चिनजान हुने र धनलाभको समेत योग छ । पुराना कामहरु सम्पन्न हुन सक्ने दिन रहेको छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । आयआर्जन होला । यात्राको सम्भावना छ । कतै फसेको रकम छ भने आज उठाउने प्रयत्न गर्दा सफलता मिल्न सक्छ । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): नयाँ काम पाउने योग भएपनि आजको दिन कुनै पनि नयाँ काम नथाल्नु हितकर होला । लेनदेको काम पनि नगरेकै बेश हुनेछ । धनलाभको योग रहेको छ । कृषिको कामबाट विशेष लाभ होला । घरमा पाहुना आगमन हुन सक्छ । रमाइलो यात्राको पनि सम्भावना छ । कुनैपनि समस्याको समाधान मिल्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिन खासै अनुकुल नरहला । आज स्वास्थ्य केही कमजोर रहने तथा व्यर्थको खर्च कुने सम्भावना, सजक रहनुहोला । प्रेममा पनि धोका हुन सक्ने योग छ । सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने सम्भावना छ । दौडधुप बढ्नेछ । कठोर मिहिनेतले काम बन्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने दिन छ, तर ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । आजको दिन स्वास्थ्यका लागि आहारविहारमा विशेष सतर्क रहनु हितकर हुनेछ । रसरागको काममा आकर्षण बढ्नेछ । उल्लासका साथ दिन बित्ला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):  परिवारजनका इच्छा पूरा गर्न सकिने समय छ । धन आर्जनका नयाँ बाटा खुल्नेछन् भने खर्च भन्दा कमाइ नै बढी हुनेछ । वैदेशिक क्षेत्रको लगानीमा फाइदै होला । कृषिक्षेत्रमा भने अलिक बढी परिश्रम र लगानी गर्नुपर्ने योग छ । माता पितासंगको भेटघाटले मनमा हर्ष उल्लास छाउने सम्भावना छ । दामपत्यसुख बढ्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दिन शुभदायी छ । कामहरु सजिलैसँग बन्नेछन् । कामेच्छा पनि वृद्धि हुने योग छ । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित होला । अध्ययन तथा अध्यापनमा सफलता मिल्ने एवम् काममा पनि जाँगर थपिने देखिन्छ । आको दिन धनलाभको सम्भावना छ । पारिवारिक सुख मिल्नेछ । अनुकूलता बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन खासै उत्साहजनक नरहला । पेशागत रुपमा समस्या देखिन सक्छ भने वादविवादको सामना गर्नुपर्ने योग छ । घरपरिवारमा केही मनमुटाव हुन सक्छ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता प्राप्त गर्न मुस्किल पर्ला । बित्थामा समय बित्न सक्छ । चाहेअनुसार कार्य नहुनाले मनमा उदासिनता बढ्न सक्छ भने काममा अवरोध सिर्जना गर्नेहरु सक्रिय हुनसक्छन्, सचेत रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]