०६ साउन २०८२, मंगलबार
22-07-2025 , Tue
×

बंगलादेशका हिन्दुमाथि आक्रमन, नेपालमा चिन्ता

Logo
नमो संवाददाता प्रकाशित शुक्रबार, साउन २५, २०८१

तस्विर : नमो अनलाइन

काठमाडौँ । बंगलादेशमा पछिल्लो समय हिन्दुमाथि भइरहेको दुर्व्यवहारप्रति नेपालका हिन्दुवादी संघसंस्था तथा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले बंगलादेशमा अल्पसङ्ख्यक हिन्दु तथा बौद्ध धर्मालम्बीमाथि भएको दमन मानवताविरोधी कार्य रहेको बताएका छन् ।

सांसद भण्डारीले बिहीबार विज्ञप्ति जारी गर्दै बंगलादेशमा रहेका हिन्दु तथा बौद्ध धर्मावलम्बीमाथि भएको हत्या, आक्रमण, आगजनी तथा सिर्जना गरिएको त्रासदी मानवता विरोधी रहेको भन्दै त्यस्ता घटनालाई तत्कालन रोक्न आग्रह गरे ।

बंगलादेशमा धर्म र नश्ल पहिचान गरी गरिएको आक्रमण रोक्न पर्याप्त कूटनैतिक पहल थाल्न पनि सरकारलाई उनले आग्रह गरेका छन् ।

बिहीबार राष्ट्रिय एकता अभियानले बंगलादेशमा भइरहेको आन्दोलनको बारेमा विभिन्न हिन्दुवादी संघ संस्थासँग छलफल गरेको छ ।

छलफलमा प्रतिनिधि सभा सदस्य किरण साह, परराष्ट्र विज्ञ अरुण सुवेदी, नेपाल सनातन धर्म संस्कृति संगठनका पुष्पराज पुरुष, विश्व हिन्दु महासंघका अर्जुन बास्तोला, इस्कॉनका शैलेन्द्र प्रभुजी, श्री कृष्ण प्रणामी सेवा समितिका श्याम कृष्ण शर्मा, धार्मिक अभियन्ता खेमनाथ आचार्य, विश्व हिन्दु महासंघ राष्ट्रिय समितिका महासचिव रामचन्द्र तिवारीलगायतको सहभागिता थियो ।

पीडामा रहेका बंगलादेशी हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूलाई नेपालमा शरण दिन नेपाल सरकारलाई आग्रह गर्ने निर्णय सो बैठकले गरेको अभियानका संयोजक विनय यादवले बताए ।

त्यस्तै परराष्ट्र मन्त्रालयमार्फत बंगलादेशलाई हिन्दुु र बौद्ध धर्मावलम्बीमाथि दमन रोक्न कूटनीतिक नोट पठाउन आग्रह गर्ने निर्णय समेत गरेको छ ।

हिन्दुमाथि भइरहेको दमन रोक्नका लागि पहल गर्न नेपालस्थित बंगलादेशको राजदूतावासलाई दबाब दिने निर्णय भएको उनले बताए ।

त्यस्तै बिहीबार हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले पनि बंगलादेशमा रहेका हिन्दुमाथि भइरहेको दमनको बारेमा सरोकारवालासँग छलफल कार्यक्रम राखेको छ । यो अभियानले पनि विभिन्न हिन्दु संघसंस्थाका अधिकारीसँग छलफल गरी निष्कर्ष निकालिने बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]