०६ साउन २०८२, मंगलबार
22-07-2025 , Tue
×

आज साउन २८ गते सोमबारको तपाईको राशिफल

Logo
नमो अनलाईन प्रकाशित सोमबार, साउन २८, २०८१

तस्विर : नमो अनलाइन

आज मिति वि.सं.२०८१ साउन २८ गते सोमबार ई.सं.२०२४ अगस्त १२ नेपाल सम्बत ११४४ गुंलाथ्व सप्तमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण शुक्ल अष्टमी, चन्द्रमा तुला राशिमा, स्वाती नक्षत्र, शुक्ल योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५:३३ बजे भयो भने सूर्यास्त साँझ ०६:४४ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन केही चुनौतीयुक्त रहला । धेरै लगानीपछि कममात्र फाइदा हुनेछ भने आर्थिक संकटको अनुभूति हुन सक्छ । चोटपटकबाट बच्न आजको दिन विशेष सावधान रहनु हितकर होला । कुरा काट्नेहरु सक्रिय रहनेछन् । पति–पत्नीबीच घरसल्लाह नमिल्न सक्छ, ध्यान राख्नुहोला । शत्रुसित लड्ने क्षमता बढ्नेछ । आशा उत्साह बढ्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): तपाईंको कामको कदर भइ प्रतिष्ठा बढ्ने समय छ । अध्ययन-अध्यापन एवम् ब्यापारमा प्रगति होला । जागिरे व्यक्तिका लागि अनावश्यक झमेलाको सामना गर्नुपर्ने योग छ । आफ्नो मान-सम्मानको विशेष खाइल राखी बोली र व्यवहार गर्नु उत्तम हुनेछ । कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला क्षेत्रमा रुचि बढ्नेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । आरोग्यता रहनेछ । परिवारिक सुख बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आत्मविश्वास जाग्नेछ, प्राविधिक काममा सफलता प्राप्त हुने दिन छ । अल्झेको काम बन्नाले मनमा हर्षउल्लास छाउला । पढाइलेखाइमा चाहिँ आज खासै प्रगति नहोला । कामबाट फुर्सद मिलेको अनुभूति हुनेछ । आफन्तुसंग भेटघाट होला । प्रसन्नता मिल्ने योग छ । मान-महत्व बढ्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अधुरा काम बन्ने तथा नयाँ काम पाउने समय छ । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर हुनेछ । कुरा काट्नेहरुको मुख बन्द हुनेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । मान-महत्व बढ्नेछ । बल विवेकले काम बन्ने योग छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दिन त्यति उत्साहजनक नरहला । केही चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । धननास एवम् स्वास्थ्य कमजोर रहने योग छ, ध्यान दिनुहोला । स्वास्थ्यमा केही समस्या आउन सक्छ, सचेत रहनुहोला । साहस वृद्धि हुनेछ । कर्मबल बढ्नेछ । व्यस्तता बढ्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): समय शुभदायी छ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ, तथापि आयआर्जन रोकिनेछैन । महत्वपूर्ण काम बन्नेछ । तपाईंको लगनशिलता र इमान्दारिताको प्रशंसा हुनेछ । परिवारजनमा आत्मीयता बढ्नेछ । आज प्रेम प्रस्तावको पनि सम्भावना छ । गीत-संगीतमा मन जाला । उच्चाधिकारीको साथ मिल्ने योग छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): शुभता र कर्मबल बढ्नेछ । आर्थिक क्षेत्रमा राम्रै लाभ हुने समय छ । आम्दानी बढ्न सक्छ । ऋणसापटी लिन या दिन पनि आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहला । मिष्ठान्न भोजनप्राप्ति, घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्ने योग छ । समस्याको समाधान मिल्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): शुभता वृद्धि हुनेछ । मनमा रहेको डर हटेर काममा उत्साह बढ्ने समय छ । रमाइलो भेटघाटले हर्ष बढाउनुका साथै पराक्रम पनि बढ्नेछ । व्यापार-व्यवसायमा सुधार आउनेछ । यात्राको क्रममा लाभ मिल्नेछ । सन्तानपक्षबाट सुख पाइनेछ । मिठो भोजन प्राप्त हुनेछ । समयले साथ दिनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): उत्साहवर्द्धक समय छ, काम गर्न जाँगर चल्ला । स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । खर्च भने केही बढ्न सक्छ । श्रमअनुसारको मुल्याङ्कन खासै नहोला । रसरागको काममा आकर्षण बढ्नेछ । यात्रागत कार्यमा सफलता हात पर्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): परिश्रमअनुसार उपलब्धि राम्रै मिल्ने समय छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । पढाइलेखाइमा सफलता मिल्नेछ । बौद्धिक उन्नति होला । स्वास्थ्य सामान्य कमजोर रहला, सचेत रहनुहोला । प्रेमभाव वृद्धि हुनेछ । रोकिएको काम बन्नुका साथै यश वर्चस्व वृद्धि हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आम्दानीमा कमी आउने छैन तर अनावश्यक खर्च हुन सक्छ, सचेत भइ आर्थिक व्यवहार गर्नु हितकर होला । मित्रजन एवम् छरछिमेकबाट सरसहयोग प्राप्त होला । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । काम र व्यापारमा पनि फाइदा हुने योग छ । रसरागमा आकर्षण रहला । मिठो भोजन प्राप्त हुनेछ । मित्रजनको साथ प्राप्त हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): थालेका कामहरु सहजै बन्न सक्ने दिन छ । चिताएको काम सहजै बन्ला । आर्थिक लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित होला । विपरितलिङ्गीको सहयोगले मन हर्षित होला । प्रेमभाव वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । भय तथा भ्रम हट्नेछ ।

तपाईको दिन शुभ रहोस्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]