०६ साउन २०८२, मंगलबार
22-07-2025 , Tue
×

‘कोशी सुधार अभियान’ को सभापतिमा समाजिक अभियन्ता गिरी सर्वसम्मत चयन

Logo
ब्रहमदेव मेहता प्रकाशित आइतबार, भाद्र ०२, २०८१

तस्विर : ब्रहमदेव मेहता/नमो अनलाईन

विराटनगर । कोशी सुधार अभियानको सभापतीमा समाजिक अभियन्ता अभिषेक गिरी सर्वसम्मत चयन भएका छन् ।

विराटनगरमा एक कार्यक्रमको आयोजना गरी कोशी सुधार अभियानको बारेमा छलफल तथा समिति गठन गर्न गरिएको  भेलाले गिरीलाई सभापतिमा सर्वसम्मत चयन गरेको हो ।

गिरीको सभापतित्वमा ५१ सदस्य कमटी गठन भएको छ । कमिटीका पदाधिकारीहरुलाई प्रमुख अतिथी खड्ग फागो, विशिष्ठ अतिथी ओसिम आलम, सभापती अभिषेक गिरी लगायतले दोसल्ला ओढाएर कोशी प्रदेश सुधार अभियानमा स्वागत गरेका थिए ।

सार्वजनीक तथा निजी अस्पताल सुधार , सार्वजनीक विद्यालय सुधार, सार्वजनीक सम्पतीको संरक्षण, स्वदेशमै रोजगारी, सरसफाई अभियान, कोशी अस्पताल सुधार अभियान,वृक्षा रोपण अभियान, प्राकृतीक प्रकोप उद्दार , लगायतका नारा राखी कोशी सुधार अभियानको थालनी गरिएको जनाइएको छ। 

५ सय भन्दा बढि सर्वसाधारणको उपस्थितीमा विराटनगरको रामजानकी मन्दिरको सभा हलमा गरिएको कार्यक्रममा ऐकिकृत समाजवादीका केन्द्रिय सदस्य ओसिम आलमले कोशी सुधार अथियान मार्फत अभिषेक गिरीले राम्रो कार्य गर्न खोजेको र आफ्नो पुर्ण सहयोग रहने बताएका थिए ।

त्यसैगरी कार्यक्रमाका प्रमुख अतिथी कोशी प्रदेश कांग्रेशका सह महामन्त्री खड्ग फागोले अभिषेक गिरीले गरेको कार्य सह्रानिय भएको र अव युवाहरु जाग्नुपर्ने दिन आएको बताए ।

कार्यक्रममा बोल्दै समाजसेवी तथा सभापती अभिषेक गिरीले समाजका सवैकुराहरुलाई सुधार गर्नका लागि र स्वास्थ्य शिक्षाको पहुँचमा नभएका व्याक्तिहरुलाई सहजहोस् भनेर कमिटी गठन गरिएको बताएका छन् । अहिले कोशी प्रदेश स्तरीय समिति गठन गरिएको र अब विस्तारै कोशी प्रदेश भरिका हरेक जिल्लामा कमिटी विस्तारै गठन गर्दै जाने योजना रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]