०५ साउन २०८२, सोमबार
21-07-2025 , Mon
×

चुनावमा गरेको वाचा अनुरुप डिजिटल देवानगञ्ज बनाउने तर्फ पालिका प्रमुख मेहता

Logo
ब्रहमदेव मेहता प्रकाशित सोमबार, मंसिर ०३, २०८१

तस्विर : जुगेस दास

सरकारी निकायमा हुने भ्रष्टाचार र अनियमिततामा प्रमुख हुने सानो तर महत्त्वपूर्ण कुरा थियो दर्ता र चलानी ।

यहाँ दर्ता र चलानी खाली ठाउँ राखेर, आफ्नो अनुकूलमा दर्ता र चलानी गर्ने कार्य रोक्ने तर्फ खासै कसैको ध्यान पुगेको थिएन । व्यवहारमा भन्दा पनि कागजपत्र मुखी हाम्रो प्रशासनमा भएका यिनै लुप होलहरु नै भ्रष्टाचार र अनियमितताका सहायक भएका थिए । प्रक्रिया पुर्‍याउनुलाई नै सुशासन मान्थियो । कुनै बिषयमा उजुरी पर्दा अर्को कागजात तयारी गरी खाली राखेको दर्ता चलानी किताबमा चढाउने चलन थियो।

तर ती सबै समस्याको समाधान गर्न देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले चुनावमा गरेको डिजिटल देवानगञ्ज बनाउने प्रतिबद्धता अनुरुप ढिलै भए पनि दर्ता चलानीलाई एकद्वार प्रणालीमा ल्याएको छ।

“कार्यालयमा हुने दर्ता, चलानी र जिन्सी खातामा खासै कसैको ध्यान गएको थिएन । तर जति पनि अनियमितता हुने गरेको थियो ति सबै दर्ता, चलानी र जिन्सी खाताबाट हुने गरेको थियो। चैतमा समान खरिद गर्ने असारमा दर्ता र जिन्सी खातामा चढाउने अनि भदौमा चिठी आउने अनुकूलतामा दर्ता गर्ने, अनुकूल समयमा आफूलाई मन पर्ने संस्था तथा व्यक्तिका लागि मात्र चिठी पत्र चलानी गर्ने आदि जस्ता कर्मचारीहरुको क्रियाकलापले अनियमितता बढेको मेरो बुझाइ छ” नमो अनलाइन डटकम संगको कुराकानीमा अध्यक्ष मेहताले भने।

त्यसैले ती सबै कार्यहरूलाई रोक्न कार्यालयले इन्टरनेटमा दिइने पैसा फेसबुक र टिकटोक चलाउनु भन्दा पालिका भरी अनलाइन दर्ता, चलानी र जिन्सी खाताहरूलाई व्यवस्थित बनाउने अभिप्रायले आधुनिक उपकरण र इन्टरनेटको समुचित प्रयोग गरी अनलाईन दर्ता चलानीको सुरुवात गरेको बताए।

यसले अनियमितता र भ्रष्टाचार जस्ता क्रियाकलापमा ५० प्रतिशत कमी हुने कुरामा आफु ढुक्क रहेको सुनाए।

अनलाइन दर्ता/चलानी को कारण पालिका अन्तर्गतको सबै कार्यहरूको कामकाज र अभिलेख सबै एकै ठाँउमा जुन सुकै समयमा हेर्न मिल्ने छ। जस्बाट कोही कसैले नियम विपरित गर्न पाउने छैन् । एकरुपता आउने छ ।

अनलाइनमा दर्ता/चलानी गर्दा सबै विवरण भर्न अनिवार्य गरेकोले सम्पूर्ण जानकारी एकै ठाउँमा एक क्लिकमा हेर्न मिल्ने छ। कागजी प्रकृया झण्झटिलो प्रकृया थियो। कागजमा राखेको रेकर्ड खोज्न घण्टौं लाग्थ्यो, भण्डारण गरेर राख्नु पर्ने बाध्यता थियो, एउटा छुट्टै कर्मचारीको व्यवस्था गर्नु पर्थ्यो, बर्षौ पुरानो फाइलहरु जम्मा गरेर राख्नु पर्दथ्यो तर अव ती सबै समस्याहरुको समाधान हुने कुरामा आफु विस्वस्त रहेको बताए । र भिलेज प्रोफाइल तयार भई रहेछ त्यो तयार भई सके पछि हामी मोवाइल एप बनाउने छौँ जहाँ देवानगञ्ज गाउँपालिकाको वारेमा सम्पूर्ण जानकारी प्रत्येक जनताको हात हातमा रहने समेत जानकारी दिनुभयो।

त्यस्तै देवानगञ्ज गाउँपालिका वडा नं. – ६ का वडा अध्यक्ष हरिनन्दन मेहताले भने हामी हातमा हात कांधमा कांध मिलाएर हाम्रा नेता पालिका अध्यक्ष आदरणीय बेचन प्रसाद मेहताको नेतृत्वमा चुनावमा गरेको वाचा पुरा गर्न लागि परेका छौँ।

“धेरै गुणासोहरु आउने गरेको थियो दर्ता चलानीको बारेमा हामीले ति गुणासोहरुलाई आत्मसात गरी प्रविधिको उच्चतम प्रयोग गरी अनलाईन मार्फत दर्ता चलानीको सुरुवात गरेका हौँ।” हामीलाई भोट दिने जनतालाई गुणासो गर्ने अधिकार छ, उहाँहरुले गर्नु पनि भएको छ, तर हामी अतालिएका छैनौं उहाँहरुको गुणासोलाई सल्लाह सुझाबको रुपमा लिई कार्य गरिरहेको छु। आगामी दिनमा समेत गरी रहने छु। अनलाइन दर्ता चलानीको सुरुवातले कामकाज सहज भएकोछ। छिटो छरितो भएको छ। जस्ले गर्दा हामी पनि सुरक्षित भएका छौं उनले भने।

यता प्रमुख प्रशासकीय अधिकृत सुधीर साफीले अनलाइन दर्ता चलानीको कारण सेवाग्राहीहरुलाई सहज हुने बताए।

सेवाग्राहीले सेवा लिन आउँदा हामी सँग उहाँहरुको व्यतिगत विवरण तथा कार्यालयमा कुन सेवा लिन आएको थियो भन्ने कुरा तुरुन्त हेर्न पाउँदैन थियो तर अव त्यो कुरामा सहज भएकोछ। पहिले हुने गरेको लापरवाही अव कुनै कर्मचारी साथीहरुले गर्न पाउने छैन् । हरेक कामकाजको बारे अनलाइनमा तुरुन्तै हेर्न पाउने छौँ ।

दर्ता चलानी खाली छोडेर आफु खुशी गर्ने कार्य अव बन्द हुनेछ। काम काजमा पार्दरशिता आउने छ। सम्पूर्ण विवरण एक ठाउँमा हुने छ। फाइल हरायो, भेटेन, च्यातियो, मुसाले खायो भन्ने बहाना समेत बनाउन पाउँदैनन्। जसकारण कामकाजमा सुधार आउनेछ। सरकारी कार्यलय र कर्मचारीहरु माथि लाग्ने गरेको अनियमितता र भ्रष्टाचार जस्तो आरोमा समेत कमी आउने कुरामा आफु ढुक्क रहेको बताए।

अनलाइन दर्ता चलानीको माग धेरै पहिलेदेखि उठ्ने गरेको थियो। सुन्दा र हेर्दा सानो कुरा लागे पनि अनियमितता र भ्रष्टाचारलाई बढावा दिने एउटा मुख्य पाटो दर्ता चलानी नै थियो। देश भरका अन्य केही स्थानीय तहहरूले समेत यस्को कार्यन्वयन गरेको छ भने केहीले तयारी गर्दैछन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]