०५ साउन २०८२, सोमबार
21-07-2025 , Mon
×

स्तन क्यान्सरले पिडित महिलाले गरिन् आर्थिक सहयोगको लागि अपिल

Logo
ब्रहमदेव मेहता प्रकाशित मंगलबार, मंसिर ०४, २०८१

तस्विर : नमो अनलाइन

हरिनगर। सुनसरी स्थित हरिनगर गाउँपालिका वडा नं. ४ हरिनगरा बजारमा घर भएका रविन्द्र साहको श्रीमती  सितादेवी साह “स्तन क्यान्सर” का कारण अहिले भरतपुर क्यान्सर अस्पतालमा उपचाररत छिन्।

विगत छ महिनादेखि चेकजाँच गराउँदै उपचार गराउँदै आई रहेकी थिइन् तर अहिले आएर अपरेसन गराउनु पर्ने भएको छ। तर उहाँको आर्थिक अवस्था निकै कमजोर भएकोले सहयोगको लागि आग्रह गरेको छ।

हरिनगर गाउँपालिका वडा नम्बर -४, हरिनगरा बजारमा बस्दै आईरहेकी सिता देवी साह लामो समयदेखि स्तन क्यानसरका कारण अहिले जीवन र मृत्युको दोसाँधमा छिन्।

भरतपुरस्थित बी.पी. कोइराला मेमोरियल क्यानसर अस्पताल भरतपुरमा उपचार गराइरहेकी उनलाई चिकित्सकहरूले अब सर्जरीको आवश्यकता रहेको बताएका छन्। तर, आर्थिक अभावका कारण उनको उपचार प्रकृया अगाडि बढ्न सकेको छैन।

सीता देवीको अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएको छ। आर्थिक अवस्था कमजोर भएका कारण उनीहरूको जीवन अस्तव्यस्त बनेको छ। उनका श्रीमान रविन साह आफ्नो तीन सन्तानहरूको पालनपोषण र श्रीमतीको उपचारको बोझ थेग्न हम्मे हम्मे परेको छ। परिवारमा दुई छोरीहरू एउटा १४ वर्ष र अर्को १२ वर्ष की छिन् साथै ९ वर्षको एउटा छोरा रहेका छन्।

सर्जरी तथा थप उपचारका लागि ठूलो रकमको आवश्यकता पर्ने भएको छ।तर आर्थिक अभावले गर्दा सीता देवीको उपचार मा कठिनाई भएको छ। यसले उनको स्वास्थ्यमा थप जटिलता निम्त्याउने जोखिम बढेको छ।

उहाँको परिवारका सदस्य तथा स्थानिय समाजसेवीहरुले आर्थिक सहयोगको लागि अपिल गरेको छ।

सहयोग गर्न चाहनेले तल दिएको उहाँकै देवरको खातामा सहयोग रकम पठाउन सक्नु हुने छ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]