०५ साउन २०८२, सोमबार
21-07-2025 , Mon
×

२३ वटा ‘क्रिस्चियन आईएनजीओ’ नेपालमा सक्रिय, ६ अर्बभन्दा बढी यो वर्ष खर्च गर्दै

Logo
नमो अनलाईन प्रकाशित बुधबार, मंसिर ०५, २०८१

काठमाडौं । क्रिस्चियन धर्मसँग आवद्ध २३ अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजीओ)ले यो वर्ष नेपालमा कार्यक्रम गर्न बजेट स्वीकृत गराएका छन् । उनीहरूले समाज कल्याण परिषदबाट कार्यक्रम तथा बजेट स्वीकृत गराएका हुन् ।

प्राप्त विवरण अनुसार, क्रिस्चियन आईएनजीओले यो वर्ष नेपालमा ६ अर्ब ३ करोड ३ लाख ९० हजार रुपैयाँ खर्च गर्ने गरी कार्यक्रमहरु स्वीकृत गराएका छन् ।

यो सबै रकम नेपालको बजेट प्रणालीभन्दा बाहिरबाट खर्च गरिनेछ ।

“आईएनजीओहरूले नेपालमा गर्ने खर्चमा ठूलो हिस्सा क्रिस्चियन आईएनजीओको रहँदै आएको छ,” समाज कल्याण परिषद् स्रोतले बाह्रखरी सँग भन्यो, “क्रिस्चियन आईएनजीओले नेपालीको जीवनस्तर उकास्न कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् ।”

नेपालमा सञ्चालित आईएनजीओले आफ्नो बजेट तथा कार्यक्रम समाज कल्याण परिषद्बाट स्वीकृत गराएपछि मात्र खर्च गर्न पाउँछन् । हाल परिषद्मा १३५ वटा आईएनजीओ आवद्ध छन् ।

परिषदमा आवद्ध १०१ वटा आईएनजीओले चालु आर्थिक वर्षमा २२ अर्ब २२ करोड ५० लाख ४३ हजार रुपैयाँ नेपालमा खर्च गर्नेगरी कार्यक्रम स्वीकृत गराएका छन् । स्वीकृत कुल रकममा २७.१३ प्रतिशत हिस्सा क्रिस्चियन आईएनजीओहरूको छ ।

परिषदबाट स्वीकृत गराई आईएनजीओमार्फत परिचालन हुने रकमलाई वैदेशिक सहायताकै रुपमा लिने गरिएको छ ।

“कुनै धर्मसँग आस्था राखेकै कारण आईएनजीओ दर्ता तथा कार्यक्रम स्वीकृत गरिँदैन । उनीहरूका कार्यक्रम के/कस्ता छन् त्यो हेरेर मात्र कार्यक्रम स्वीकृत गरिन्छ,” परिषद स्रोतले भन्यो ।

क्रिस्चियन आईएनजीओमध्ये एडभेन्टिस्ट डेभलपमेन्ट रिलिफ एजेन्सी, वर्ल्ड भिजन इन्टरनेसनल, स्ट्रोमा फाउन्डेसन, किइन्दरनोथिल्फ नेपाल, सीबीएम नेपाल, चाइल्ड फन्ड, डान चर्च एड, फिनिस इभान्जेलिकल लुथ्रन मिसन, फिडा इन्टरनेसनल, फिन चर्च एड फाउन्डेसन, ह्याविट्याट फर फर ह्युमानिटी इन्टरनेसनलले योे वर्ष कार्यक्रमहरू सञ्चालन गर्दैछन् ।

इन्टरनेसनल नेपाल फेलोसीप, लेटर दे सेन्ट च्यारिटीज्, लुथरन वर्ल्ड फेडेरेशन, लुथरन वर्ल्ड रिलिफ नेपाल, मर्सी क्रप्स, मिसन इस्ट, नेपाल लिप्रोसी ट्रस्ट, द लेप्रोसी मिसन इन्टरनेशनल, युनाइटेड मिसन टु नेपाल, मेनोनाइट सेन्ट्रल कमिटी, समर इन्स्टिच्युट अफ लिङग्युस्टिक्स इन्क र आइएम स्वडिस डेललपमेन्ट पार्टनरले पनि कार्यक्रम स्वीकृत गराएका छन् ।

परिषद्को विवरण अनुसार, चालु आर्थिक वर्षमा वल्र्ड भिजन इन्टरनेसनलले १ अर्ब ७५ करोड ५९ लाख १५ हजार, युनाइटेड मिसन टु नेपालले ७२ करोड ७५ लाख ८८ हजार रुपैयाँ, इन्टरनेसनल नेपाल फेलोसीपले ७३ करोड २८ लाख ६९ हजार रुपैयाँ, ह्याविट्याट फर फर ह्युमानिटी इन्टरनेसनलले ५२ करोड ८ लाख ४८ हजार र स्ट्रोमा फाउन्डेसनले २३ करोड २४ लाख ५८ हजार रुपैयाँ नेपालमा खर्च गर्दैछन् ।

त्यही अवधिमा एडभेन्टिस्ट डेभलपमेन्ट रिलिफ एजेन्सीले १८ करोड ५३ लाख २७ हजार रुपैयाँ, किइन्दरनोथिल्फ नेपालले ४ करोड ६६ लाख ७९ हजार रुपैयाँ, सीबीएम नेपालले १९ करोड ९६ लाख २५ हजार रुपैयाँ, चाइल्ड फण्डले १९ करोड १८ लाख ३६ हजार रुपैयाँ, डान चर्च एडले १६ करोड २४ लाख ३५ हजार रुपैयाँ, फिनिस इभान्जेलिकल लुथ्रन मिसनले १८ करोड ४४ लाख ९१ हजार रुपैयाँ र फिडा इन्टरनेसनलले ४ करोड ५६ लाख ४८ हजार रुपैयाँ नेपालमा खर्च गर्नेगरी कार्यक्रम स्वीकृत गरेका छन् ।

यस्तै, चालु आर्थिक वर्ष २०८१/८२ मा फिन चर्च एड फाउण्डेसनले १० करोड ६१ लाख ४६ हजार रुपैयाँ, लेटर दे सेन्ट च्यारिटीजले २ करोड ३४ लाख २१ हजार रुपैयाँ, लुथरन वर्ल्ड फेडेरेशनले १६ करोड २० लाख ८४ हजार रुपैयाँ, लुथरन वल्र्ड रिलिफ नेपालले ४ करोड ९९ लाख ७९ हजार रुपैयाँ, मर्सी क्रप्सले ३ करोड ५४ लाख ७६ हजार रुपैयाँ, मिसन इस्टले ६ करोड २३ लाख ७८ हजार रुपैयाँ, नेपाल लिप्रोसी ट्रस्टले ४ करोड ६७ लाख ४७ हजार रुपैयाँ, द लेप्रोसी मिसन इन्टरनेशनलले ३४ करोड ३३ लाख ३८ हजार रुपैयाँ, मेनोनाइट सेन्ट्रल कमिटिले ९ करोड ९९ लाख ९६ हजार रुपैयाँ, समर इन्स्टीच्युट अफ लिङग्युस्टिक्स इन्कले ३ करोड ६९ लाख ४८ हजार रुपैयाँ र आइएम स्वडिस डेललपमेन्ट पार्टनरले ७ करोड ८१ लाख ५८ हजार रुपैयाँ नेपालमा खर्च गर्दैछन् ।

आर्थिक वर्ष २०७५/७६ मा क्रिस्चियन आईएनजिओहरुले नेपालमा १ अर्ब ९९ करोड ६४ लाख ९० हजार ६९९ रुपैयाँ खर्च गरेका थिए । आर्थिक वर्ष २०७६/७७ मा २० भन्दा बढी क्रिस्चियन आईएनजिओले ४० भन्दा बढी जिल्लामा बिभिन्न कार्यक्रम र परियोजना सञ्चालन गर्न ३ अर्ब ९३ करोड ६३ लाख ६० हजार रुपैयाँ बजेट स्वीकृत गराएका थिए ।

क्रिस्चियन आइएनजिओहरुले आर्थिक वर्ष २०७७/७८ मा नेपालभित्र कार्यक्रमहरु सञ्चालन गर्न २ अर्ब ९९ करोड ६५ लाख ६४ हजार रुपैयाँ खर्च गरेका थिए । आर्थिक वर्ष २०७९/८० मा क्रिस्चियन आईएनजीओहरुले नेपालमा ११ अर्ब २८ करोड ३३ लाख ९४ हजार ४३७ रुपैयाँको कार्यक्रम स्वीकृत गराएका थिए । ती कार्यक्रमको अवधि एकदेखि पाँच वर्षसम्म रहेको थियो ।

गत आर्थिक वर्ष २०८०/८१ मा क्रिस्चियन धर्मसँग आवद्ध रहेका २२ वटा आईएनजीओले नेपालमा खर्च गर्ने गरी ६ अर्ब २० करोड २७ लाख ४८ हजार रुपैयाँका कार्यक्रम स्वीकृत गराएका थिए ।

“क्रिस्चियन धर्मसँग आवद्ध भए पनि यस्ता आईएनजीओहरुले नेपालमा धार्मिक गतिविधि गर्दैनन् र यस्तो गर्न पाउँदैनन् पनि । गरेको प्रमाण भेटिए उनीहरुमाथि कारबाही हुन्छ,” परिषद स्रोतले भन्यो, “नेपालको विकास तथा समृद्धि, जीवनस्तर उकास्न, सशक्तिकरण, स्वास्थ्य तथा शिक्षाको गुणस्तर बढाउने लगायतका क्षेत्रमा आईएनजीओले काम गर्दै आएका छन् ।”

आर्थिक वर्ष २०७६/७७ मा क्रिस्चियन धर्मसँग आवद्ध आईएनजिओ टियर फण्डमाथि धर्म परिवर्तनसम्बन्धी गतिविधि गरेको आरोपसहितको उजुरी परिषद्मा परेको थियो । टियर फण्डले उक्त वर्ष मकवानपुर र नुवाकोटमा पुनर्वास र उत्थानशीलता निर्माण कार्यक्रम सञ्चालन गर्न २१ करोड १८ लाख २९ हजार रुपैयाँको कार्यक्रम स्वीकृत गराएको थियो ।

सन् २०१६ देखि २०१९ सम्म टियर फन्डले ती जिल्लामा ६३ करोड ५४ लाख ८७ हजार रुपैयाँ बराबरको कार्यक्रम सञ्चालन गर्ने अनुमति परिषद्बाट लिएको थियो । अनुसन्धान हुँदा धार्मिक गतिविधिमा संलग्न रहेको भेटिएपछि परिषदले टियर फण्डका प्रतिनिधिलाई बोलाएर सचेत गराउनुका साथै त्यस्तो गतिविधि नगर्ने लिखित प्रतिबद्धता समेत गराएका थिए ।

नेपाल त्रिस्चियन बाल शिक्षा संगठन, मर्सि मिसन हिमालय गैरसरकारी संस्थाले पनि धार्मिक गतिविधिमा संल्गन रहेको पाइएपछि परिषद्ले यसअघि सचेत गराएको थियो । बाह्रखरीबाट साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]