०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

विराटनगरकै सस्तो अस्पतालको रुपमा परिचित गोल्डेन अस्पताल १४औं वर्षमा प्रवेश

Logo
ब्रहमदेव मेहता प्रकाशित आइतबार, फाल्गुण ११, २०८१

अजय मण्डल

विराटनगर। कोशी प्रदेशको राजधानी विराटनगर स्थित रहेको गोल्डेन अस्पताल १४औं वर्षमा प्रवेश गरेको छ ।

विराटनगर–११ स्थित महेन्द्र चौक भन्दा पश्चिम तर्फ आफ्नै सुविधा सम्पन्न भवनमा सञ्चालनमा रहेकाे अस्पतालले दक्ष विशेषज्ञ डाक्टरहरुबाट सबै प्रकारका रोगको सस्तो, सरल तथा सुलभ दररेटमा उत्कृष्ट उपचार सेवा प्रवाह सँगै विद्यार्थीहरु लाई अध्ययन गराउने कलेज सञ्चालनमा ल्याउनु गोल्डेन अस्पतालको १४ वर्षको महत्त्वपूर्ण उपलब्धिको रूपमा चित्रण गरिएको छ ।

गोल्डेन अस्पतालका सञ्चालन एवं अस्पताल सञ्चालक समितिका अध्यक्ष आरती रौनियार, सञ्चालक डा. श्याम रौनियार र सनातन मण्डलले आइतबार केक काटेर १४औं वार्षिकोत्सव केक काटेर मनाएका छन्।

 

डा. श्याम रौनियार र आरती रौनियार श्रीमान् श्रीमती हुन् । विराटनगर–७ स्थित अस्पताल चौकको सानो नर्सिङ होमबाट सञ्चालनमा आएको गोल्डेन अस्पताल अहिले १४औं बर्षमा आई पुग्दा यतिखेर विराटनगर–११ को महेन्द्र चौक पश्चिममा आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा प्रदान गरिरहेको छ।

विराटनगरको नोबेल अस्पताल, विराट नर्सिङ होम र विराट टिचिङ अस्पतालको तुलनामा गोल्डेन अस्पतालमा सबै प्रकारका रोगको सस्तो तथा सुलभ दररेटमा दक्ष विशेषज्ञ डाक्टरबाट उत्कृष्ट उपचार सेवा प्रवाह गरिरहेको छ ।

विराटनगरको गोल्डेन अस्पतालमा ४० प्रतिशतको हाराहारीमा भारतको विहार, उत्तर प्रदेश र पश्चिम बंगालबाट बिरामी उपचारका लागि आइरहेका छन् । गोल्डेन अस्पताल विदेशी मुद्रा भित्र्याउने विराटनगरको निजी क्षेत्रको ठुलो अस्पताल समेत हो ।

गोल्डेन अस्पतालले पछिल्लो समय मोटो रकम खर्चेर नेपालको ख्याति प्राप्त दक्ष विशेषज्ञ डाक्टर भित्र्याएका छन् । र ती दक्ष विशेषज्ञ डाक्टर मार्फत सबै प्रकारका रोगको उत्कृष्ट उपचार सेवा प्रवाह गर्न लागि परेका छन् । १०० सैंयाको गोल्डेन अस्पतालमा विराटनगरकै सबै भन्दा उत्कृष्ट सुपर स्पेसियालिटी टिम, सर्वश्रेष्ठ ट्रमा, न्यूरो तथा आर.टी.ए. म्यानेजमेन्ट टिम छन् ।

स्वास्थ्य सेवामा नवीनतम प्रविधि अपनाउँदै कृतिम बुद्धिमत्ता, एकीकृत १९२ स्लाइस, सिटी स्क्यान, एमआरई, मोड्युलर ओटी, एड्भान्स आइसीयू, एनआइसीयू, एचडीसीयू जस्ता आधुनिक प्रविधिहरू गोल्डेन अस्पतालहरू सँग छ । गोल्डेन अस्पतालले १३ वर्षदेखि निरन्तर मृगौला रोग विशेषज्ञ टिमबाट सेवा प्रवाह गरिरहेका छन्।

यस बाहेक ल्याप्रोस्कोपिक, कोलेसिस्टेवटोमी (पित्तथैली शल्यक्रिया) प्याकेज मेडिसिन, बेड, अनेस्थेसिया लगायतका सम्पूर्ण उचार सेवा ३९ हजार ५ सयमा उपलब्ध गरिरहेको छ । गोल्डेन अस्पतालले २०८१ मंसिर २१ गतेदेखि सिटिइभीटीबाट अनुमोदन प्राप्त कलेज सञ्चालन गरी डिप्लोमा इन फार्मेसी, पीसीएल नर्सिङ र पीसीएल जनरल मेडिसिनको कक्षा सञ्चालन गरिरहेका छन् । गोल्डेन अस्पतालका सञ्चालक डा. श्याम रौनियारले सुविधा सम्पन्न अस्पतालबाट दक्ष विशेषज्ञ डाक्टर मार्फत सबै प्रकारका रोगको उत्कृष्ट उपचार सेवा प्रवाह भइरहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]