०६ साउन २०८२, मंगलबार
22-07-2025 , Tue
×

बर्जुका शिक्षकहरुद्वारा पालिका अगाडि बिरोध कार्यक्रम

Logo
ब्रहमदेव मेहता प्रकाशित शुक्रबार, आश्विन ०५, २०८०

तस्विर : ब्रहमदेव मेहता/नमो अनलाईन

देवानगञ्ज । संसदमा प्रस्तुत नहुँदै चर्चामा आएको शिक्षा ऐनको विरोधमा देशैभरका शिक्षक संघ, संगठन आन्दोलनमा उत्रिएका छन् । सबै शिक्षक संघ, संगठनको साझा संस्था नेपाल शिक्षक महासंघको आयोजनामा देशैभरका ७५३ पालिकामा पालिकास्तरीय दबाब दिन बिरोध कार्यक्रमको आहवान गरेका थिए । सोही क्रममा सुनसरीको सिमावर्ती क्षेत्र बर्जु गाउँपालिकाका शिक्षकहरुले गाउँपालिका भवन अगाडि धर्ना दिएर बिरोध गरेका छन् ।

आज बिहान ११ बजेदेखी २ बजेसम्म आन्दोलन परिचालन समिति बर्जु, सुनसरीको आयोजनामा बिरोध कार्यक्रम गरिएको आयोजक समितिका अध्यक्ष एवं रामसिता मा. वि का प्रअ प्रहलाद कामतले बताउनु भयो ।

सरकारले ल्याउन लागेको शिक्षा ऐनमा शिक्षकका सेवा सुविधा, सार्वजनिक विद्यालयको स्तरोन्नतिलगायत सरकार सँग पटकपटक भएका सम्झौता नसमेटिएको भन्दै महासंघ आन्दोलनमा उत्रिएको हो ।

‘शिक्षक संघ,संगठन सँग पटकपटक सरकारले गरेका सम्झौताका बुँदाहरू शिक्षा ऐनको ड्राफ्टमा समावेश नभएर प्रतिनिधिसभामा लैजान खोजेपछि आन्दोलनमा उत्रिएका हौं,ु अध्यक्ष कामतले भने, ‘शिक्षकको सेवा सुविधामात्रै नभइ विद्यालयको स्तरोन्नति गर्ने मुद्दा समेत समावेश छैनन् ।’

उक्त बिरोध कार्यक्रममा स्थानिय जनप्रतिनिधि, पुर्व जनप्रतिनिधि, पुर्व शिक्षक, बिभिन्न राजनितिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजिवी, समाजका अगुवा अविभावकहरुले कार्यक्रमको मञ्च बाटै एक्यद्धता जनाएका थिए ।

आफना भनाईहरु राख्दै अधिकान्स वक्ताहरुले शिक्षकहरुले उठाएको जायज मागहरु पुरा गर्न सरकारले कदम चालनु पर्नेमा जोड दिएका थिए । ‘शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग सम्बोधन गरिनुपर्छ । वर्षौं पछि निर्माण हुँदै गरेको संघीय शिक्षा ऐनमार्फत वर्षौंदेखि अल्झिएका समस्याको हल खोज्नैपर्छ ’, ‘हामी लोकतान्त्रिक राज्य प्रणालीमा छौं, एक व्यक्ति मात्रको आवाज पनि सुन्ने कर्तव्य राज्यको हुन्छ भने लोकतान्त्रिक राज्यले लाखौं शिक्षकको आवाज सुन्न र भावना बुझ्न ढिलाइ गर्नुहुन्न ।’ भन्दै बिरोध कार्यक्र्रमको समर्थन गरेका छन् ।

नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलित शिक्षकहरु विधेयकका केही प्रावधानले नेपालको शैक्षिक स्थितिलाई थप डामाडोल बनाउने दाबी गरिरहेका छन् । आन्दोलनका लागि ७७ वटै जिल्लाबाट काठमाडौँमा भेला भएका राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी माग पुरा हुने वातावरण नबनेसम्म नफर्कने अडानमा छन् ।

यसअघि महासंघले विधेयकको विरोधमा विभिन्न १८ बुँदे असहमति पत्र नै सार्वजनिक गरिसकेको छ । सोही अनुसार उनीहरूले नेपालको शिक्षा प्रणाली आफैमा विकृत रहेको र नयाँ विधेयकले झनै विकृत बनाउने भन्दै विधेयक संशोधन वा पुर्नलेखन गर्नुपर्ने मागलाई अघि सारेका छन् । । महासंघले यसपघि जिल्ला, प्रदेश र संघमा विरोधका कार्यक्रम गर्ने समेत घोषणा गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]