०७ साउन २०८२, बुधबार
23-07-2025 , Wed
×

धनकुटा र उदयपुर जिल्लामा गाँजा खेती नष्ट गर्ने अभियान सञ्चालन

Logo
नमो अनलाईन प्रकाशित आइतबार, कार्तिक १२, २०८०

हरिनगर । प्रहरीले धनकुटा र उदयपुर जिल्लामा गाँजा खेती नष्ट गर्ने अभियान सञ्चालन गरेको छ ।

ती जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लगाएको र प्राकृतिक रूपमा डाँडा पाखामा हुर्केका गाँजाको बोट प्रहरीले नष्ट गर्दै आएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको हो ।

प्रदेश प्रहरीको ‘सुरक्षा सुनिश्चितता अभियान २०८०’ कार्यक्रम अनुसार अवैध रूपमा लगाएका गाँजाका बोटहरू नष्ट गर्ने अभियान सञ्चालन गरिएको उक्त कार्यालयले जनाएको छ ।

यसै क्रममा शुक्रवार धनकुटाका ३ गाउँपालिकामा ३ हजार वटा गाँजाको बोट फडानी गरिएको छ । इलाका प्रहरी कार्यालय छिन्ताङ, प्रहरी चौकी आँखीसल्ला र त्रिवेणीबाट परिचालन भएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिका एरियाका विभिन्न स्थानहरूमा प्राकृतिक रूपमा डाँडा पाखामा हुर्केका गाँजाको बोट नष्ट गरेको हो ।

प्रहरी टोलीले धनकुटा जिल्लामा करिब ३ हजार वटा गाँजाका बोटहरू फडानी गरी जलाई नष्ट गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यसै गरी उदयपुर स्थित इलाका प्रहरी कार्यालय भुटार रौतामाईको प्रहरी गस्ती टोलीले रौतामाई गाउँपालिका-२ ओख्रेनि स्थित पाखा बारीमा रहेको गाँजाको बोट नष्ट गरेको छ । अवैध रूपमा लगाइएका गाँजाका बोटहरू नष्ट गर्ने कार्य निरन्तर रूपमा सञ्चालन गरिने कार्य जारी रहने प्रदेश प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]