०७ साउन २०८२, बुधबार
23-07-2025 , Wed
×

जाजरकाेट भूकम्पमा परेकाहरूकाे तत्काल उद्दार, उपचारमा लाग्न सरकारलाई भगबती चाैधरीकाे ध्यानाकर्षण

Logo
ब्रहमदेव मेहता प्रकाशित शनिबार, कार्तिक १८, २०८०

तस्विर : फाईल

बिराटनगर । प्रतिनिधि सभा सदस्य भगबती चाैधरीले जाजरकाेट र रूकुमपश्चिममा मध्यराति गएकाे भूकम्पमा परेकाहरूकाे तत्काल उद्दार, उपचार तथा राहतका लागि सरकारकाे ध्यानाकर्षण गराएकी छन् ।

नेकपा एमालेकी नेतृ चाैधरीले मध्यराती जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएकाे ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट सुदुरपश्चिमको जाजरकोट र रुकुमपश्चिममा भएको ठूलो मानवीय क्षति प्रति दुखः प्रकट गर्दै भूकम्पमा परेकाहरूकाे तत्काल उद्दार, उपचार र राहत व्यवस्थापनमा सरकारकाे ध्यानाकर्षण गराएकी हुन् ।

गएराती ११: ४७ बजे जाजरकाेटकाे रामी डाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भुकम्प जाँदा १२९ जनाकाे मृत्यु भइसकेकाे छ । भने, नेपाल प्रहरीका अनुसार १४० जना घाइते भएका छन् ।

‘मध्यराती जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएका ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट सुदुरपश्चिमको जाजरकोट र रुकुमपश्चिममा भएको ठूलो मानवीय क्षति प्रति दुखः प्रकट गर्दछु । भूकम्पमा परी ज्यान गुमाउनेहरुमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’ चाैधरीले अगाडी भनेकी छन्, ‘यस दुखःद विपत्तिमा परी घाइते भएकाहरुको तत्काल उद्दार, उपचार तथा राहतका व्यवस्थापनमा राज्यको बलियो उपस्थितिका लागि नेपाल सरकारको समेत गम्भिर ध्यानाकर्षण गराउँदछु ।’

सांसद चाैधरीले प्राकृतिक विपत्ति कुनै व्यक्ति, समुदाय, परिवार र राजनीतिक आस्थाका लागि नआउने भएकाले विपत्तिमा सबै राजनीतिक दल, भातृ संगठन, सुरक्षाकर्मी, रेडक्रस लगायतले सहयोगी संघसंस्थाहरुलाई तदारुकताका साथ उद्दार, उपचार र राहतकालागि अनुरोध पनि गरेकी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]