०७ साउन २०८२, बुधबार
23-07-2025 , Wed
×

भूकम्प पीडितलाई प्रदेश सरकारले एक करोड सहयोग गर्ने : मुख्यमन्त्री कार्की

Logo
नमो अनलाईन प्रकाशित शनिबार, कार्तिक १८, २०८०

विराटनगर । कोशी प्रदेश सरकारले भूकम्प पीडितको राहत तथा उद्धारका लागि एक करोड रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज मुख्यमन्त्री निवास विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत उपचार, उद्धार तथा पुनर्स्थापनाका लागि कोशी प्रदेश सरकारले एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको बताउनुभयो ।

कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को आज बसेको बैठकबाट आवश्यक मानवीय सहयोग सामाग्री कर्णाली प्रदेश सरकारलाई पठाउने व्यवस्था मिलाइएको र सरकारको तर्फबाट भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुर्ननिर्माण लगायतका कार्यमा सहयोग पुर्‍याउन कर्णाली प्रदेश विपद व्यवस्थापन कोषमा जम्मा हुने गरी एक करोड रुपैयाँ पठाउने निर्णय गरेको उहाँले बताउनुभयो ।

भूकम्प पीडितहरूका लागि कोशी प्रदेश सरकारले आजै एक ट्रक कम्बल, त्रिपाल र म्याटरेस पठाउने तयारी गरेको मुख्यमन्त्री कार्कीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]