०७ साउन २०८२, बुधबार
23-07-2025 , Wed
×

पर्यटक आकर्षित गर्न उल्टो घरको निर्माण, दैनिक ७० हजार सम्म कमाइ

Logo
नमो अनलाईन प्रकाशित बुधबार, मंसिर ०६, २०८०

हरिनगर । उत्तरी मोरङको पर्यटकीय क्षेत्र मिक्लाजुङ ३ टाँडीको निसेलुङ पार्कमा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न अनौठो प्रविधि अपनाइएको छ । त्यो अनौठो प्रविधिले एक महिनादेखि दैनिक सरदर ७० हजार रुपैयाँ आम्दानी गर्दै आएको छ । पूर्वपश्चिम राजमार्गबाट झण्डै १४ किलोमिटर उत्तरमा पर्ने मोरङको पहाडी क्षेत्र यो झापा र इलामको संगम क्षेत्र हो ।

निसेलुङ आफैंमा पर्यटकीय क्षेत्र हो । त्यहाँ आन्तरिक र बाह्य पर्यटकलाई भित्र्याउन निसेलुङ पर्यटन प्रवर्द्धक समितिले करिब ५२ लाखको लागतमा उल्टो घर बनाएको छ । त्यो घरको अवलोकन गर्न एक महिनादेख दैनिक सयौं मानिसको भीड लाग्ने गरेको छ ।

घरका सबै संरचना उल्टो डिजाइनमा तयार पारिएको छ । छत भुइँमा र फाउन्डेशन माथिल्लो तलामा छ । सबै कोठा उल्टा छन् । बेडरुम, बेड, बाथरुम, भान्सा, डाइनिङ सबै उल्टा छन् । निसेलुङ पर्यटन प्रवर्द्धक समितिका अध्यक्ष खगेन्द्र मादेनले भने यो भवन निर्माणका लागि भारतको जलपाइगुढीबाट कालीगढ र इन्जिनियर ल्याइएको हो ।

मोरङ, झापा र इलामको संगम क्षेत्र निसेलुङबाट मधेश र पहाडको दृश्यसहित इलामको श्रीअन्तुबाट देखिन सूर्योदयको दृश्य पनि देखिन्छ । त्यो दृश्य हेर्न स्थानीय पर्यटक आउने जाने गर्थे । त्यसबाहेक बाह्य पर्यटकलाई आकर्षित गर्न नयाँ जुक्ति निकाल्ने क्रममा युट्युबमा हेर्दा थाइल्याण्ड र भारतको जलपाइगुढीमा उल्टो घर बनाएको पायौं । मादेनले भने, ुहाम्रो टोली जलपाइगुढी पुगेर उक्त घर बनाउने मिस्त्री र इन्जिनियरसँग सम्पर्क गर्‍यो । अनि त्यही टोलीलाई ल्याएर डेढ महिनाको अवधिमा उल्टो घर बनाएर पर्यटकका लागि एक महिनादेखि खुला गरिएको हो । 

उल्टो घरको अवलोकनका लागि सर्वसाधारणलाई सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । पहिलो दिन १ लाख ३ हजार रुपैयाँ समितिलाई आम्दानी भएको थियो । अध्यक्ष मादेनले भने, ुत्यसयता दैनिक सरदर ७० हजार रुपैयाँ आम्दानी भइरहेको छ ।ु हाल यो पार्कको उल्टो घरसहित भ्युटावरबाट तराई, मधेश र सूर्योदयको दृश्य अवलोकनका लागि मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, पोखरा, चितवन र सिराह सप्तरीसहित भारतको सीमावर्ती क्षेत्रबाट पर्यटक आउने क्रम बढेको स्थानीय किशोर निरौलाको भनाइ छ ।

 

करिब एक बिघा जमिनमा रहेको टाँडीको निसेलुङ पर्यटकीय क्षेत्रमा उल्टो घरमात्र ५२ लाखमा निर्माण गरिएको हो भएपनि पर्यटकका लागि भ्युटावर, चिल्ड्रेन पार्क, पिङ, फाउण्डेशन र मिसिलुङ मन्दिर निर्माण गर्दा सवा करोड लगानी भएको छ । मादेनले भने, ुअहिले उल्टो घरको अवलोकन गरेर भ्युटावरबाट तराई र मधेशको दृश्य हेर्ने अनि सूर्योदय हेरेर फर्कने व्यवस्था मात्र छ ।ु

उनका अनुसार पर्यटकलाई राति बास बसाउनका लागि समितिले गेष्ट हाउस निर्माण गर्दै छ । निसेलुङ पर्यटकीय क्षेत्रमा हालसम्म करिव दुई करोड रुपैयाँ खर्च भएको छ । त्यसका लागि मोरङ १ का संघीय सांसद तथार खेलकुद मन्त्री डिगबहादुर लिम्बुले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट १० लाख, समितिका अध्यक्ष खगेन्द्र मादेनले २५ लाख, मिक्लाजुङ गाउँपालिकाले १० लाख र निवर्तमान प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बुले कोषबाट ३१ लाख २५ हजार र जनसमुदायबाट १५ लाख ६५ हजार रुपैयाँ सहयोग भएको मादेनले जानकारी दिए । उनका अनुसार पार्क निर्माणका लागि स्थानीय शेरबहादुर लिङदेनले ७ रोपनी, बृखबहादुर साम्बाले ३ रोपनी र बुद्धिमान जबेगुले पाँच आना जमिन उपलब्ध गराएका थिए ।

हाल उक्त पार्क निसेलुङ फन पार्कलले समितिलाई वार्षिक ३ लाख शुल्क तिर्ने सर्तमा १० वर्षका लागि लिजमा लिएको छ । पार्कका सञ्चालक इन्द्रमणी भट्टराईका अनुसार उल्टो घर र त्यसका संरचना अनौठो छ र त्यो दृश्य हर्ने आउने आन्तरिक र सीमावर्ती भारतीय पर्यटकको भीड दिनहुँ लाग्ने गरेको छ । कान्तिपुरबाट साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]