०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

महिलाहरूको अधिकारकालागि महिलालाई काम गर्न मुख्यमन्त्री कार्कीको आग्रह

Logo
नमो संवाददाता प्रकाशित सोमबार, मंसिर ११, २०८०

हरिनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अग्रगामी समाज बनाउन महिलाको भूमिका सशक्त र महत्त्वपूर्ण हुने भएकाले महिलाहरूलाई महिला अधिकारका सवालमा काम गर्न आग्रह गरेका छन् ।

विराटनगरमा सोमवार आयोजित प्रदेश स्तरीय महिलावादी महिला मञ्च कार्यक्रममा मुख्यमन्त्री कार्कीले भने ‘महिलावादी बन्नका लागि महिलाका अधिकारका सवालमा काम गर्नुहोस् हैन भने त अवसरवाद मात्रै हुन्छ ।’ विकाशका महत्त्वपूर्ण क्षेत्रहरू महिलाको हातमा रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले त्यसलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

महिलाका अधिकारका निम्ति कोही माननीयले बजेट माग नगरेको कुरा उल्लेख गर्दै मुख्यमन्त्रीले मानवीय विकाशका लागि कसैले माग नआएको, सबैबाट बाटो लगायतका कामका लागि बजेट माग भएको स्मरण गराए ।

मुख्यमन्त्री कार्की विराटनगरमा स्थापना गरिने हृदय रोगको उपचार केन्द्र सैलजा आर्चायको नाममा स्थापना हुने भएकाले त्यसको प्रारम्भ बजेटको कार्यान्वयनसँगै हुने बताए । प्रदेश सरकारले भौतिक विकाश सँगै मानवीय विकासमा पनि जोड दिने भएकाले महिला अधिकारका क्षेत्रमा सशक्त भएर काम गर्ने प्रतिबद्धता मुख्यमन्त्री कार्कीले व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

समाजमा हरेक पुस्ताको आ–आफ्नै चुनौतीहरू हुन्छन्। तर, आजको यूवा पुस्ता जसरी मानसिक, सामाजिक र सांस्कृतिक सङ्कटसँग जुधिरहेको छ, त्यो चिन्ताजनक छ। विशेष गरी, आजभोलिका यूवाहरूमा लागू औषध (Drug Abuse) को प्रयोग भयावह रूपमा बढ्दो छ। यस समस्याको बहुआयामिक कारणहरू भए पनि, कानून अध्ययन गरिरहेका विद्यार्थी राजेश कुमार महतो भन्छन् — “यूवाहरू लागू औषधको चपेटामा पर्नुको […]

हरिनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अग्रगामी समाज बनाउन महिलाको भूमिका सशक्त र महत्त्वपूर्ण हुने भएकाले महिलाहरूलाई महिला अधिकारका सवालमा काम गर्न आग्रह गरेका छन् । विराटनगरमा सोमवार आयोजित प्रदेश स्तरीय महिलावादी महिला मञ्च कार्यक्रममा मुख्यमन्त्री कार्कीले भने ‘महिलावादी बन्नका लागि महिलाका अधिकारका सवालमा काम गर्नुहोस् हैन भने त अवसरवाद मात्रै हुन्छ ।’ विकाशका […]

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा […]