०५ साउन २०८२, सोमबार
21-07-2025 , Mon
×

गाजामा जारी युद्ध विराम थप दुई दिन बिस्तार

Logo
रासस/एएफपी प्रकाशित मंगलबार, मंसिर १२, २०८०

तस्विर : फाईल

काठमाडौं ।  इजरायल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह ९हमास० बीच गाजामा सुरु भएको चार दिने युद्ध विरामको समयावधि सकिनै लाग्दा इजरायल र हमासबीचको ‘मानवीय विराम’ दुई दिन लम्बिने मध्यस्थकर्ता कतारले सोमबार जनाएको छ ।

इजरायल र हमासबीच गाजामा सुरु भएको चार दिने युद्धविराम स्थानीय समय अनुसार मंगलबार सकिँदै थियो ।

कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले एक्स ९ट्वीटर० मा भन्नुभएको छ, “जारी मध्यस्थताको एक भागको रूपमा, गाजा पट्टीमा मानवीय युद्धविरामलाई थप दुई दिन लम्ब्याउने सहमति भएको छ ।”

यसैबीच, युद्धविरामको एक पक्ष हमासले केही थप शर्तसहित युद्धविराम बिस्तार हुने सूचनालाई पुष्टि गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भारत । भारतको जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि आतंकवादीले गरेको आक्रमणमा कम्तीमा २६ जनाको ज्यान गएको छ । दैनिक भाष्करका अनुसार आक्रमणमा परी एक नेपालीको पनि मृत्यु भएको छ, यद्यपि नेपाली नियोग र सरकारले पुष्टि गरेका छैनन् । पहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ, जुन पर्यटकका लागि लोकप्रिय गन्तव्यस्थल हो । स्वीट्जरल्यान्ड पार्कको नामले चिनिने चौरमा घुमिरहेका पर्यटकमाथि […]

जनआन्दोलनपछि आफ्नो सुरक्षा चुनौती बढेपछि देश छाडेर भागेकी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफूले देश छाड्नु परेको कारण बारे मुख खोलेकी छन् । बंगलादेशबाट निर्वासित भई भारतमा शरण लिइरहेकी हसिनाले देश छाडेको झन्डै एक सातापछि अमेरिकाले आफूलाई सत्ताबाट हटाएको आरोप लगाएकी छन् । सेन्ट मार्टिन टापु नछोडेकाले सत्ताबाट हटाउने योजना बनाइएको उनले बताएकी छन् । […]

ढाका । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेको केही घण्टापछि राजधानी ढाकाका एक व्यक्तिलाई अत्तालिएकी आफ्नी बहिनीको फोन आयो। अविरुप सरकार एक बंगलादेशी हिन्दु हुन्, जो ९० प्रतिशत मुस्लिम जनसङ्ख्या भएको देशमा बस्छन्। अविरुपकी बहिनीको श्रीमान् बितिसकेका र उनी संयुक्त परिवारमा बस्छन्। यो परिवार ढाकाबाट करिब १०० किलोमिटर टाढा नदीले घेरिएको जिल्ला नेत्रोकोनामा […]