०६ साउन २०८२, मंगलबार
22-07-2025 , Tue
×

पालिकाको निर्देशनमा सरकारी जग्गामा व्यक्तिको रजाई, सम्बन्धित निकाय भने मौन

Logo
ब्रहमदेव मेहता प्रकाशित आइतबार, जेठ ०७, २०८०

तस्विर : ब्रहमदेव मेहता/नमो अनलाइन

हरिनगर । तपाईँलाई राजनीतिक पहुँच र दलको कार्यकर्ता भए सार्वजनिक जग्गा कब्जा गर्न पाइन्छ भन्ने कुरा भन्दा अनौठो लाग्छ होला तर यस्तै घटना हरिनगरबाट बाहिर आएको छ ।

राजनीतिक पहुँच र पार्टीको कार्यकर्ता हुनुको दम्भ देखाएर गाउँपालिकाको निर्णयलाई बदर गर्दै उपाध्यक्षको चिठ्ठिको भरमा एलानी जग्गा कब्जा गरेको पाईएको छ।

हरिनगर गाउँपालिका वडा नं. ७ मा बाटो छेउको एलानी जग्गा कब्जा गर्न गाउँपालिकाले नै आदेश दिएको देखिन्छ।

हरिनगर गाउँपालिका वडा नं. ७ साविक घुस्की गा। वि। स। वडा नम्बर ४ शिकारी टोल नजिक खान चौक देखि पश्चिम रहेको सडक छेउको एलानी जग्गा व्यक्तिले कब्जा गरेको छ। धेरै बर्ष देखि खाली रहेको सडक छेउको जग्गा कब्जा गरेको हो।

आज भन्दा दुई तिन महिना अगाडि जमिल अक्तर घरको अगाडि परेको जग्गा भोगचलन गर्न पाउने अधिकार मेरो हो भन्दै जमिल अक्तरले माटो पुर्ने काम सुरु गरे पछि दुई छिमेकी बिच विवाद हुँदा कुरा बाहिर आएको थियो।

वडा नं. ७ का वडा अध्यक्ष मोज्जमिल खानले विवाद मिलाउन जाँदा दुवै पक्ष आफ्नो अडान बाट पछि हटेनन् । जति जे भन्दा पनि न माने पछि त्यो ठाउँमा सामुदायिक भवन निर्माण गर्छु भनेर दुवै पक्षलाई खाली एलानी जग्गामा माटो पुर्न रोक लगाए ।

वडा अध्यक्ष खानको नेतृत्वमा गाउँमा सर्वदलीय बैठक बसी विवादित ठाउँमा सामुदायिक भवन नै बनाउने भनेर निर्णय गरियो। निर्णयको कपी सहित वडाध्यक्षले गाउँपालिकामा निवेदन दियो।

मिति २०७९ साल चैत १५ गते बुधबारको दिन बसेको हरिनगर गाउँपालिका गाउँ कार्यपालिकाको बैठकले सो एलानी जग्गा खाली गराउने निर्माणय गरियो।

निर्णयमा भनिएको छ “यस हरिनगर गाउँपालिका वडा नं. ७ साविक घुस्की गा. वि. स. ४ शिकारी टोल नजिक रहेको खान चौक देखि पश्चिम १२० मिटर, पुर्व तर्फ १२० मिटर र उत्तर तर्फ ६० मिटर भित्र वरपर रहेको सडक छेउको एलानी सरकारी जग्गाको अतिक्रमण हटाउने र सो एलानी जग्गा भित्र घर टहरा निर्माण हुन नदिने निर्णय सर्वसम्मतबाट पारित गरियो ”

यो निर्णय पस्चात सुचना जारी गर्दा समेत कसैले खाली गरेरन उल्टै वडा सदस्य सइदुर रहमान अंसारीको अध्यक्षतामा मिति २०८० साल बैशाख २३ गते पुनः सर्वदलीय बैठक बसी किता नं. ७४४ ९जमिल अक्तर० घर अगाडि रहेको जग्गा जमिल अक्तरलाई नै भोगचलन गर्न दिने निर्णय गरियो र निर्णय सहित हरिनगर गाउँपालिका अन्तर्गतको न्यायिक समितिमा उजुरी हालियो।

न्यायिक समितिको संयोजक उपाध्यक्ष रिमझिम कुमारी भगतले मिति २०८० साल बैशाख २१ गते च. न. २०७३ भएको पत्र वडा सदस्य सइदुर रहमान अंसारीलाई सम्बोधन गर्दै पठाइयो, पत्रमा सर्वदलीय बैठककै निर्णय लाई सदर गर्दै भनिएको छ “किता नं. ७४४ अगाडि रहेको एलानी जग्गाको बिषयमा तपाईँको अध्यक्षतामा बसेको सर्वदलीय बैठक बसी भएको निर्णय अनुसार काम कारबाही गर्न अनुरोध छ।”

सोही पत्र अनुसार जमिल अक्तरले मिति २०७९ साल चैत १५ गतेको निर्णयलाई लत्याउदै माटो पर्ने काम सुरु गरे र अहिले सानो टहरा र दाउरा उक्त जग्गामा राखिएको छ।

यो बिषयमा वडाध्यक्ष मुज्जमिल खाँले पटक पटक गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, सुनसरी जिल्लाको सिडियो हुमकला पाण्डे, नेपाल प्रहरी सुनसरी जिल्ला प्रमुख प्रभु प्रसाद ढकाल निर कुरा राख्दा पनि अहिले सम्म कुनै सुनुवाइ नभएको गुनासो गरेका छन्।

नेपाल भरीनै सार्वजनिक जग्गाहरु खाली गराउने होड चलेको बेला उपाध्यक्षले कार्यपालिकाको निर्णयलाई नमानि एलानी जग्गा भोगचलन गर्न आदेश दिनुले पनि कार्यकर्तालाई खुसी पार्न नियम कानुन मिचेर भए पनि आदेश दिएको देखिन्छ।

वडा अध्यक्षको पहलमा कार्यपालिकामा निर्णय हुँदा समेत एउटा वडा सदस्यको नेतृत्वमा बसेको सर्वदलीय बैठकको निर्णयलाई प्राथमिक्तामा राख्नुले पनि दलिय राजनीतिकको घृणित चरित्र देखिएको छ।

बारम्बार त्यो ठाउँमा बिवाद हुँदा समेत सम्बन्धित निकाय मौन बसेको छ। बिवाद उत्कर्षमा पुग्दा कुनै अप्रिय घट्ना नघट्ने भन्न सकिन्न त्यसैले सम्बन्धित निकायको समयमा ध्यान जाओस् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]