देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका वडा नं. – ३ स्थित रहेको श्री माध्यमिक विद्यालय पाँचौसिम्मरका सुकुम्बासी समुदायका विद्यार्थीहरुलाई न्यानो लुगा बितरण गरिएको छ ।
जन्मथलो देवानगञ्ज भएको तर हाल अमेरिकी नागरिक भएर अमेरिकामा बसोवास गर्दै आइरहेका दुई सहयोगी युवाहरु प्रमोद मेहता र प्रकाश मेहताकोको आर्थिक सहयोगमा हिन्दू स्वयंसेवक संघ नेपाल, देवानगञ्जको आयोजनामा सुकुम्बासी ६५ जना बिद्यार्थीहरुलाई स्विटर र ७ जना बृद्धहरुलाई बल्यांकेट बितरण गरेको हो ।
समाजिक तथा धार्मिक कार्यमा सदैव सक्रिय रहेको हिन्दू स्वयंसेवक संघ नेपाल, देवानगञ्जले जाडो छल्न का लागि बिद्यार्थी तथा वृद्धहरु लाई न्यानो लुगा बितरण गरिएको सुनसरी जिल्ला स-कार्यवाह एवं शिक्षक शन्तकुमार मेहताले जानकारी दिनुभयो ।
त्यस्तै हिन्दू स्वयंसेवक संघ नेपाल, बिराटनगर बिभाग कार्यवाह श्रवण कुमार यादवले संघ परिचय राखेका थिए।
देवानगञ्ज – ३ का वडाअध्यक्ष अनिल भगतको प्रमुख अतिथि रहेको उक्त वितरण कार्यक्रम श्री माध्यमिक विद्यालय पाँचौसिम्मरका प्रअ जयनन्दन् शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो । जसमा स्थानीय समाजसेवी, बुद्धिजीवि तथा संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]
विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]
इनरुवा। देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका नमो अनलाइन डटकमका सहकर्मी जुगेश दास र नेपाल प्रहरीमा कार्यरत अरुन मेहता विच उत्पन्न विवादमा सहमतिमा टुंगिएको छ। केही दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको भिडियो रिपोर्ट नमो […]