११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

सरकार र व्यवसायी एक रथका दुई पाङ्ग्रा : कार्की

Logo
नमो संवाददाता प्रकाशित सोमबार, माघ २९, २०८०

तस्विर : नमो अनलाईन

विराटनगर । मुख्यमन्त्री केदार कार्कीले सरकार र व्यवसायी साझेदार नभई एक रथका दुई पाङ्ग्रा भएको बताएका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशको छैठौं प्रदेश सभामा उनले साझेदार छुटिएर जानसक्छ तर पाङ्ग्रा छुटिदा रथ चल्न नसके जस्तै सरकार र व्यवसायी रहेको बताएका हुन् ।

कर बिनाको सरकार चल्न सक्दैन, व्यवसायी डुब्यो भने सरकार चल्न सक्दैन, उनले भने, बैंक डुब्यो भने रोजगारी पाउने अबस्था हुँदैन त्यसैले कोशी सरकारले उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्नका लागि योजना कार्यान्वयनमा ल्याउनै लागेको छ ।

महासंघको यो सभाले प्रदेशको दिगो विकासमा केन्द्रीत हुन्छ भन्नेमा विश्वस्त रहेको बताएका छन् । व्यवसाय गर्ने भन्दा नेता बढी भएको अबस्था छ, तपाईहरु की राजनीति गर्नुहोस् कि व्यवसाय, दुई तिर हातहाल्यो भने सफल हुईदैन् । व्यवसायको लागि दक्ष जनशक्तिको आवश्यक्ता रहेको हुँदा प्रदेश सरकारले महिला र युवालाई उद्यमी बनाउने अभियान चलाएको छ । प्रदेशको उद्यमशिलतालाई अगाडि बढाउन उद्योग दर्ता सम्बन्धी नियमावली ल्याएर अनलाइनबाट नै उद्योग दर्ता, नवीकरणलगायतको काम सुरू भइसकेको मुख्यमन्त्री कार्कीले बताएका हुन् ।

कानुन डर, त्रास देखाउने हतियार नभई सहजीकरण गर्ने माध्ययम भएकोले उद्योगी व्यवसायीहरूलाई नडराउन उनले आग्रह गरेका छन् । अर्काले गरेको देखी नसहने नेपाली समाजमा छिमेकीले नै छिमेकीको उन्नति, प्रगति देखि नसहने भएकाले पछि परेका छौं, उनले भने मजदुरका छोराछोरीले सधैं मजदुरी नै गरिदिनुपर्ने हो त ? श्रम सबै समान हुन्छ । श्रमको आधारमा कसैले कसैलाई विभेद गर्न पाउँदैन अनि मात्रै देश विकास हुन्छ । विराटनगरभन्दा काठ्माडौंमा बढी भएमा त्यहाँ आफ्नो श्रम बेच्छ, काठ्माडौं भन्दा कतारमा बढी भयो भने त्यहाँ जान्छ । कतारभन्दा अमेरिकामा बढी भएमा त्यहाँ बेच्छ । श्रम बेच्न त पाईन्छ होला नि ?

बिदेश गएका मानिसहरुलाई जनसम्पर्क मोर्चा बनाएर लेबी उठाई पार्टी चलाउने र फर्केपछि विमानस्थलमा विदेश जाँदै गरेको फोटो राखेर गाली गर्ने व्यवहारमा नेताहरूले परिवर्तन गर्नुको विकल्प नभएको मुख्यमन्त्री कार्कीले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]