११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

४०६ केजी गाँजा सहित २ जना पक्राउ

Logo
अजित झा प्रकाशित मंगलबार, फाल्गुण ०१, २०८०

तस्विर : फाईल

इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ राजाबासबाट ४०६ केजी गाँजा सहित मङगलबार दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धरान–४ का २५ बर्षिय सुर्य राई र भोजपुर हतुवागढी गाउपालिका–८ का २७ बर्षिय लक्ष्मण राई रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
बिषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीको टोलीले प्रदेश ०१–०२–००१ ज ४०५० नम्वरको सवारीसधानलाई चेकजाच गर्ने क्रममा गाँजा बरामद भएको उहाँले बताउनुभयो ।

गाडिमा चेकजाचका क्रममा प्लाष्टिकले प्याक गरेको १३ बोरामा जम्मा ४०६ केजी ९४० ग्राम लागु औषध गाँजा बरामद भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताउनुभयो । पक्राउ परेकाको बिषयमा थप अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरी प्रहरीले एक हप्तामा करिव १ हजार केजी गाँजा बरामद गरेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]