११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

इनरुवाका आमाछोराको बैंक खाता ह्याक, ह्याकरले खाताबाट उडाए १० लाख

Logo
नमो संवाददाता प्रकाशित बिहिबार, फाल्गुण ०३, २०८०

तस्विर : फाईल

इनरुवा । इनरुवा नगरपालिका वडा नम्बर १ बस्ने आमाछोराको बैक खाता ह्याकरले ह्याक गरी खाताबाट १० लाख रुपैया उडाएको छ ।

इनरुवा १ घर भएका शिवनन्दन मेहताको सानिमा बैक इनरुवा शाखामा रहेको बैक खाता र उनकी आमा रुसनी देवी मेहताको लुम्वीनी बैंक इनरुवाशाखामा रहेको खाता ह्याकरले कनेक्ट आईपीएस ह्याक रकम उडाएको हो ।

शिवन्दन मेहता र उनकी आमा रुसनी मेहताको बैंक खाता रहेको सानिमा बैंकको लापरबाहीका कारण आफनो खाताबाट ९ लाख रुपैयाँ चोरी भएको भन्दै मेहताले सम्बन्धित बैंक र नेपाल राष्ट्र बैंकमा उजुरी गरेका छन् । बैंक खाताबाट रकम चोरी भएका शिवनन्दन मेहताले जिल्ला प्रहरी कार्यालय सुनसरीमा दिएको जाहेरी दरखास्तमा आफूले सानिमा बैंकमा खोलेको खाताबाट गिरोहले कनेक्ट आईपीएस प्रयोग गरी एकैपटक ९ लाख रुपैयाँ ट्रान्सफर गरेको र आमाको नाममा रहेको बैंक खाताबाट समेत पटकपटक गरी १ लाख १० हजार रुपैयाँ ट्रान्सफर गरेको उल्लेख गरेका छन ।

मेहताले प्रहरीमा दिएको जाहेरीमा आफनो बैंक खाताबाट कुनै व्यक्तिले अनधिकृत रूपमा रकम निकालेको जानकारी आएलगत्तै ५ मिनेटभित्रै बैंकमा पुगेर खबर गरी अर्को बैंकमा पुगेको रकम रोक्न अनुरोध गरेको भएपनि आफनो खाता रहेको सानिमा बैंकले वास्ता नगरेको उल्लेख गरेका छन । घटना विवरण अनुसार गत माघ ९ गते बिहान १०ः१५ बजे शिव नन्दन मेहताको मोबाइल नम्बरमा कनेक्ट आईपीएसको एउटा म्यासेज आयो । कनेक्ट आईपीएसको प्रयोग गरी अर्को कुनै व्यक्तिको खातामा रकम ट्रान्सफर गर्न लागिएको म्यासेज आएको केही समयमा रकम काटिएको म्यासेज पनि आयो । सानिमा बैंक, इनरुवा शाखामा खोलेको खाता नम्बरबाट उक्त रकम ट्रान्सफर भएको थियो । बजारमै रहेका मेहता आफूलाई म्यासेज आएको ५ मिनेटभित्रै बैंकको शाखा कार्यालयमा पुगे ।

सानिमा बैंकको इनरुवा शाखामै उनी बिहान १०ः२० बजे नै पुगेर उक्त कारोबार आफूले नगरेको र कुन बैंक खातामा ट्रान्सफर भएको हो, तत्काल रोक्न गरिदिनका लागि आग्रह गरे ।

सानिमा बैंकले मेहताको खाताबाट कनेक्ट आईपीएसमार्फत् ट्रान्सफर गरिएको रकम एनआईसी एसिया बैंक, बुद्ध चोक शाखा, रुपन्देहीमा खोलिएको पारश्वर थापा क्षेत्रीको खातामा ट्रान्सफर गरिएको जानकारी गरायो । मेहताले एनआईसी एसिया बैंकलाई खबर गरी उक्त रकम तत्कालै रोक्का राखिदिन आग्रह गरे ।
तर सानिमा बैंकले आफूहरूले रोक्का राख्न नमिल्ने भन्दै खाता ट्रान्सफर गरिएको एनआईसी एसिया बैंकमै जान भन्दै आफनो खाताबाट रकम काटिएको भौचर मात्रै प्रिन्ट गरेर दियो ।

त्यसपछि मेहता तुरुन्तै एनआईसी एसिया बैंकको शाखा कार्यालयमा पुगेर ट्रान्सफर गरिएको बैंक खाता रोक्का राखिदिन आग्रह गरे । तर एनआइसी एसिया बैंकले पनि मेहताको कुरा सुनेन । खाता बन्द गर्न बैंकको चिठी चाहिने र तेस्रो व्यक्तिको खाता बन्द गर्न नसकिने बतायो ।

एनआईसी एसिया बैंकले खाता बन्द गर्न नमिल्ने बताएलगत्तै मेहताले कनेक्ट आईपीएसको कार्यालयमा फोन गरी उक्त रकम होल्ड गरिदिन आग्रह गरे । तर कनेक्ट आईपीएसले ‘तपाईंको रकम बिहान १०ः३० बजे नै चेकमार्फत भुक्तानी भइसकेको’ जानकारी दियो ।

प्रहरी स्रोतका अनुसार सिसिटिभी फुटेजको एक दृश्यमा करिब ४० वर्षका एक व्यक्ति एनआईसी एसिया बैंकको काउन्टरमा प्रवेश गर्छन् । बैंककी टेलरलाई चेक दिन्छन् । त्यसपछि बैंकबाट ९ लाख रुपैयाँ दिइन्छ र ती व्यक्ति उक्त सबै रकम बोकेर बैंकबाट बाहिरिन्छन् ।

बैंक खाता खोल्दा पेश गरिएको फोटो र रकम झिक्ने व्यक्ति एउटै व्यक्ति जस्तो देखिन्छन् । यद्यपि बैंक खातामा प्रयोग गरिएको नाम र रकम झिक्ने व्यक्ति एकै हुन् कि होइनन् भन्ने खुलेको छैन ।

उनकी आमा रुशनी देवी मेहताको बैंक खाताबाट १ लाख १० हजार रुपैयाँ ट्रान्सफर गरेर चोरी गरेको पत्ता लागेको छ । माघ ९ गते नै ठगको समूहले रुशनी देवी मेहताको लुम्बिनी विकास बैंकको इनरुवा शाखामा खोलिएको खाताबाट समेत २२ पटक रकमान्तर गरी १ लाख १० हजार रुपैयाँ ट्रान्सफर गरिएको पाइएको छ ।

माघ ९ गते दिउँसो १३ः१५ बजेदेखि १३ः३६ बजेको समयमा सिद्धार्थ बैंक कुमारीपाटी, ललितपुर शाखामा रहेको अफसोर टेक प्रालिको खातामा प्रत्येक पटक ५ हजार रुपैयाँका दरले २२ पटक रकम ट्रान्सफर गरिएको हो ।

सानिमा बैंकका कोशी प्रदेश प्रमुख फणिन्द्र दाहालले बैंकले सक्दो प्रयास गरेपनि ढिलो भइसकेको कारण रोक्का राख्न नसकिएको बताएका छन ।
दाहालले यस विषयमा थप अनुसन्धान भइरहेको र रकम ट्रान्सफर गर्ने व्यक्तिको खोजी भइरहेको बताए । साभार : बर्नणमाला दैनिक ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]