११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

जिम्मेवार पत्रकारिता गर्न मन्त्री श्रेष्ठको आग्रह

Logo
नमो अनलाईन प्रकाशित बिहिबार, फाल्गुण ०३, २०८०

तस्विर : फाईल

चितवन । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले तथ्यांकमा आधारित जिम्मेवार पत्रकारिता गर्न पत्रकारहरुलाई आग्रह गरेका छन् ।

बिहीबार सञ्चार रजिस्ट्रार कार्यालय हेटौंडाले चितवनको सौराहमा आयोजना गरेको ‘तथ्यांकमा आधारित पत्रकारिता तालिम र मौलिक चलचित्र निर्माण तथा प्रवर्द्धनमा सहयोग कार्यक्रम’ को उद्घाटन गर्दै मन्त्री श्रेष्ठले तथ्यांकमा आधारित पत्रकारिता गर्न आग्रह गरेका हुन् । उनले प्रविधिको विकास सँगसँगै तथ्यांकमा आधारित जिम्मेवार र जबाफदेही पत्रकारिता हुन छाडेको भन्दै चिन्ता व्यक्त गरे । उनले ‘फास्टफुड पत्रकारिता’ गर्ने प्रवृत्ति बढ्दै गएको बताए । मन्त्री श्रेष्ठले फस्टफुड स्वास्थ्यको लागि हानिकारक भएजस्तै ‘फास्टफुड पत्रकारिता’ पनि हानिकारक हुने बताए ।

मन्त्री श्रेष्ठले नेताहरूले भाषण गर्ने र पत्रकारले निबन्ध लेख्ने तरिका बदल्नु पर्ने बताए । उनले एउटा कुशल र असल पत्रकारले नागरिकलाई सूचना मात्रै नदिएको भन्दै विचार निर्माणमा समेत मद्दत गरिरहेको हुने बताए । उनले सूचना, विचार र ज्ञानका लागि पत्रकारले निबन्ध नभई तथ्यांकमा आधारित सूचना र तथ्यमा आधारित विचार लेख्नुपर्नेमा जोड दिए । उनले प्रदेश सरकारले सञ्चार रजिस्ट्रारको कार्यालयमार्फत पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरु गरिरहेको जानकारी दिए । पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाई छ ।

मन्त्री श्रेष्ठले बागमती प्रदेशमा चलचित्र सम्बन्धी ऐन निर्माणको प्रक्रिया अघि बढेको पनि जानकारी दिए । उनले मौलिक चलचित्र निर्माण तथा प्रवर्द्धन सम्बन्धी प्रशिक्षणबाट प्रशिक्षार्थीहरूले सिकेको ज्ञानलाई व्यवहारमा प्रयोग गर्न प्रदेश सरकारले सहयोग गर्ने बताए । उनले प्रदेश सरकारले उत्कृष्ट ठहर्‍याएका पटकथाको चलचित्र, वृत्तचित्र बनाउन चाहेमा सरकारले। एक लाख रुपैयाँ आर्थिक सहयोग र अन्य सहयोगहरू पनि गर्ने बताए । मन्त्री श्रेष्ठले प्रदेश सरकारले विभिन्न मातृभाषामा बन्ने चलचित्रलाई प्राथमिकता दिने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]