११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

इनरुवा दुहबी सडक चाँडै निर्माण हुन्छ : मुख्यमन्त्री काकी

Logo
अजित झा प्रकाशित शुक्रबार, फाल्गुण ०४, २०८०

तस्विर : नमो अनलाईन

इनरुवा । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले इनरुवा दुहबी सडक चाँडै निर्माण कार्य सुरु हुने बताउनुभएको छ ।

सुनसरी सदरमुकाम इनरुवा १ मा आज स्थानीय जनतासंगको कुराकानीका क्रममा मुख्यमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो ।

उहाँले इनरुवा दुहबी सडक निर्माणका लागि टेण्डर प्रक्रिया अगाडि बढेका कारणले छिट्ै निर्माण कार्य सुरु हुने बताउनुभयो । इनरुवा दुहबी सडक निर्माणको कार्य प्रदेश की संघीय सरकारले निर्माण गर्ने बिषयमा अन्यौलता भएका बेलामा अब त्यो अन्यौलताको अन्त भएका कारणले छिटै निर्माण कार्य सुरु हुने बताउनुभयो ।

फरक प्रसङगमा बोल्नुहुदै मुख्यमन्त्री कार्कीले कोसी प्रदेशका सबै वर्गका, क्षेत्र, समुदायका १० बर्ष मुनिका बालबालिकालाई प्रदेश सरकारले निःशुल्क रुपमा स्वास्थ्य उपचारका लागि व्यवस्था गरेको उल्लेख गर्नुभयो । कोसी प्रदेशमा रहेका धनि, गरिव, बिपन्न, पछाडि परेका व्यक्ति लगायतका सबै क्षेत्र, धर्म, जातजातिका १० बर्ष भित्रका बालबालिकालाई प्रदेश सरकारले निःशुल्क उपचार गर्ने लक्ष्य लिएको उहाँले जानकारी दिनुभयो ।

सुनसरीको समग्र विकासका लागि प्रदेश सरकारले तयार रहेको बताउनुहुदै मुख्यमन्त्री कार्कीले यस जिल्लामा दिर्घकालीन प्रभाव पार्ने योजना लिएर आउनका लागि आग्रह गर्नुभयो । टुक्रे योजना भन्दा जनतालाई प्रत्यक्ष फाईदा हुने योजना लिएर आउनका लागि आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली काङग्रेसका केन्द्रिय सदस्य राजिव कोइराला, पूर्व राज्यमन्त्री सिताराम मेहता, जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहता, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, उपप्रमुख बिनिताकुमारी मेहता, इनरुवा ५ का वडा अध्यक्ष अनिल पोखरेल, नेपाली काङग्रेस सुनसरीका पंकज महतो, बिरेन्द्रकुमार साह लगायतको सहभागीता रहेको थियो । सहभागीले इनरुवा दुहबी सडक निर्माणको कार्य इनरुवाबाट सुरु गर्नका लागि आग्रह गरेका थिए

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]