११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

सहकारी संस्थाको नियमन गर्दै नेपालगञ्ज उपमहानगरपालिका

Logo
नमो संवाददाता प्रकाशित शुक्रबार, फाल्गुण ०४, २०८०

तस्विर : नमो अनलाईन

राँझा  । नेपालगञ्ज उपमहानगरपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्थालाई विधिसम्मत सञ्चालन भए नभएको अनुगमन गर्दै आएको उपमहानगरपालिका सहकारी शाखाले धेरै कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको सहकारी शाखा प्रमुख प्रवीण रानाले बताए ।

“अनुगमनका क्रममा नेपालगञ्जको कृष्णसार कृषि सहकारी संस्थामा कैफियतै कैफियत भेटिएको छ”, शाखा प्रमुख रानाले भने, “धेरै कैफियत भेटिएपछि कृष्णसार सहकारी संस्थालाई कैफियत पुष्ट्याइँका लागि १५ दिनको मौका दिइएको छ, कैफियत नसच्चिए सहकारी ऐनबमोजिम कारबाही गरिने छ ।”

उनका अनुसार उक्त सहकारीलाई उपमहानगरपालिकाको सहकारी ऐन २०७४ को दफा ८१ को उपदफा २ (ख)  र (ग) को कैफियतमा रु तीन लाखसम्मको जरिवाना किन नगर्ने भन्ने कुराको पुष्ट्याइँसहित १५ दिनभित्र सफाइ पेश गर्न निर्देशन दिइएको छ । सफाइ दिन नसके कारवाही गरिने छ । निरीक्षणका क्रममा देखिएका कैफियत सुधार गर्न २५ दिन समय दिइएको छ ।

अनुगमन टोली सदस्य जिल्ला सहकारी सङ्घका प्रबन्ध सञ्चालक नवराज उपाध्यायले कृष्णसार सहकारी संस्थामा दुई वर्षदेखि चार खाता अपडेट नभएको, सहायक खाता नभएको, कर्जा फाइल व्यवस्थित नभएको, कर्मचारी नियुक्त नभएको, विनियम संशोधन नभएको, दैनिक भौचर नउठाएको, लेखा समितिको माइन्युट नभेटिएको, लेखा परीक्षकलाई नियुक्तिपत्र नदिएको, साधारणसभामा ५१ प्रतिशत उपस्थिति नपुगेको, सम्पत्ति शुद्धीकरण कार्यविधि नभएको, केवाइएम फाराम नभरेकोलगायतका कैफियत भेटिएको जानकारी दिए ।

सहकारी संस्थालाई विधिसम्मत चलाउन दुई वर्षदेखि सचेत गर्दै आएकाले अब पनि लापर्वाही भेटिए सहकारी ऐनबमोजिम कारबाही हुने उनको भनाइ छ । विधिसम्मत सञ्चालन नहुने केही संस्थाका कारण समग्र संस्थालाई आक्षेप लाग्ने भएकाले सच्चिनका लागि थुप्रै मौका दिइएकाले अब पनि नसच्चिने संस्थालाई कारबाहीका लागि कानुनी दायरामा ल्याइने उपाध्यायले बताए ।

उपमहानगरपालिकाले गत वर्ष पनि सहकारी संस्थाको अनुगमन गरी कैफियत सच्याउन सचेत बनाएको थियो । यस वर्ष उपमहानगरपालिकाको सहकारी शाखाले अनुगमन गर्नुअघि वित्तीय सुशासन कायम गराउन सात दिने लेखा तालिम प्रदान गरी अनुगमन सुरु गरेको शाखा प्रमुख रानाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]