०५ जेठ २०८२, आइतबार
18-05-2025 , Sun
×

पूर्व शिक्षकलाई सम्मान गर्दै नमुना विद्या मन्दिरले मनायो अभिभावक दिवस

Logo
मोहन ढकाल प्रकाशित आइतबार, फाल्गुण ०६, २०८०

तस्विर : नमो अनलाईन

विराटनगर । विराटनगर–८ स्थित नमुना विद्या मन्दिर आवासीय माध्यमिक विद्यालयले ३१ औं अभिभावक दिवस मनाएको छ । शनिबार हाटखोला स्थित आरोहण गुरुकुलमा नमुना विद्या मन्दिरले ३१ औं अभिभावक दिवस मनाएको हो ।

अभिभावक दिवसको अवसरमा नमुना विद्या मन्दिरले दुई जनालाई सम्मान समेत गरेको छ । नमुना विद्या मन्दिरमा लामो समय शिक्षण गरेका पूर्व शिक्षक तिर्थराज दाहाल र समाजसेवी गणेश प्रसाद पोखरेललाई प्रिन्सिपल शिव प्रसाद अघिकारी र बाल्मीकी स्कुलकी प्रिन्सिपल सावित्रा पराजुलीले सम्मान गरेका थिए । यसैगरी विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा अभिभावकको तर्फबाट जिवन कोइरालाले मन्तव्य राखेका थिए । प्रिन्सिपल अधिकारीले विद्यालयको योजना र विद्यालयले गर्दै गरेका गतिविधिका बारेमा अभिभावकलाई जानकारी गराएका थिए । उनले विद्यालयले विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्रै सिमित नराखेर हरेक क्षेत्रमा अब्बल बनाउन विभिन्न क्रियाकलापहरू गर्दै आएको बताए ।

अभिभावक दिवसमा विद्यार्थीहरूले मारवाडी नृत्य, झागड नृत्य, सन्थाल नृत्य, मगर नृत्य, लोक नृत्यलगायत विभिन्न संस्कृति झल्किने नृत्य प्रस्तुत गरेका थिए भने गीत पनि गाएका थिए । यस्तै विद्यार्थीहरूले ‘असल साथी’ नामक नाटक समेत प्रस्तुत गरेका थिए । यस्तै शिक्षिकाहरूले पनि नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा अभिभावक, विद्यार्थी, विभिन्न विद्यालयका प्रिन्सिपललगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । कुशवाहा राष्ट्रसेवक समाज नेपाल, विराटनगरको आयोजनामा “युवाहरूलाई मनोपरामर्श एवम् जीवनवृति सम्बन्धी अभिमुखिकरण कार्यक्रम” सोमबार विराटनगरमा सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य युवाहरूमा आत्मविकास, मानसिक सुदृढीकरण र करियरबारे स्पष्टता दिलाउनु रहेको आयोजकले जनाएका छन्। विराटनगरस्थित जेष्ठ नागरिक सामुदायिक भवनमा आयोजित उक्त कार्यक्रमको सभाध्यक्षता समाजका अध्यक्ष रामखेलौन मेहताले गरेका थिए। कार्यक्रममा समाजका सल्लाहकार विरेन्द्र मेहता, प्राचार्य […]

बिराटनगर । गिरि फाउन्डेसनका अध्यक्ष अभिषेक गिरि हालै भारतको भ्रमणमा रहेका बेला उनलाई भारतीय युवानेता तथा सामाजिक अभियन्ताहरूको तर्फबाट विशेष सम्मानसाथ स्वागत गरिएको छ। भ्रमणको उद्देश्य नेपाल–भारत सम्बन्धलाई युवा स्तरमा अझ सशक्त बनाउनुका साथै सामाजिक, सांस्कृतिक र रणनीतिक सहकार्यलाई प्रोत्साहन गर्नु रहेको बताइएको छ। अध्यक्ष गिरिले भ्रमणका क्रममा भारतका विभिन्न युवा संगठन, सामाजिक संस्थाका प्रतिनिधिहरूसँग […]

हरिनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय हरिनगरद्वारा आयोजित केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा लघुवित्त सेवा प्रयोगकर्तालाई सशक्त बनाउने, पारदर्शिता प्रवर्द्धन गर्ने र संस्थागत विश्वास पुनःस्थापित गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीले पछिल्लो समय […]