११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

राष्ट्रिय माध्यमिक विद्यालय लौकहीका प्रधानाध्यापक सहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा

Logo
अजित झा प्रकाशित बुधबार, फाल्गुण १६, २०८०

तस्विर : नमो अनलाईन

इनरुवा । सुनसरी कोसी गाउँपालिका १ स्थित राष्ट्रिय माध्यमिक विद्यालय लौकही सुनसरीका तत्कालीन प्रधानाध्यापक धनीलाल यादव सहित ४ जना बिरुद्ध मङगलबार भ्रष्टाचार मुद्दा दायर भएको छ ।

प्रधानाध्यापक यादव विरुद्ध ६४ हजार नौ सय रुपैयाँ भ्रष्टार गरेको भन्दै मुद्धा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले बताउनुभयो ।

खुला कोटा अन्तर्गत न्यूरो मेडिकल कलेज विराटनगर मोरङमा शैक्षिक वर्ष २०७५÷०७६ देखि तीन वर्षे अध्ययन अवधिमा विद्यालयमा अनुपस्थित भएको अवधिको तलब भत्ता सुविधा लिएका शिक्षक बालेश्वर यादव विरुद्ध एक लाख ३० हजार ८४३ रुपैयाँ भ्रष्टाचार मुद्दा दायर भएको उहाँले जानकारी दिनुभयो ।

सो समयमा तत्कालीन प्रधानाध्यापक धनीलाल जिम्मेवारीमा रहँदा शिक्षक बालेश्वर यादव अध्ययनरत रहेको अवधिमध्ये मिति २०७५ साल असोज देखि २०७६ साल फागुनसम्मको विद्यालय तथा गाउँपालिकाको कार्यालय समेतको फर्जी हाजिरी ३५ दिन र गाउँपालिकाको कार्यालयमा काज कार्यरत रहँदा गयल रहेको अवधि ३७ दिनको ६४ हजार नौ सय रुपैयाँ भुक्तानी दिएको आरोप लागेको छ ।

त्यसैगरी भोली यादव प्रधानाध्यापक पदको जिम्मेवारीमा रहँदा शिक्षक बालेश्वर यादव मिति २०७७ साल माघदेखि २०७८ साल कात्तिकसम्म ३४ दिन फर्जी हाजिरी गराइ ३३ हजार ६१८ रुपैयाँ तलब भत्ता दिलाएको आरोप लागेको आयोगको विज्ञप्तिमा उल्लेख रहेको छ ।

यसैगरी, वीरेन्द्रप्रसाद यादव प्रधानाध्यापकको पदमा रहँदा २०७८ मङ्सिरदेखि फागुनसम्मको २२ दिन फर्जी हाजिरी गराएको र मंसिरमा गयल रहेको अवधि दश दिनको गरी ३२ हजार ३२४ रुपैयाँ शिक्षक बालेश्वरलाई गैरकानुनी लाभ दिलाई भुक्तानी दिएको पुष्टि भएको आयोगले जनाएको छ ।

तत्कालीन प्रधानाध्यापक भोली यादवलाई ३३ हजार ६१८ रुपैयाँ र तत्कालीन प्रधानाध्यापक विरेन्द्रप्रसाद यादव विरुद्ध ३२ हजार ३२४ रुपैयाँ बिगो रकम कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ३ बमोजिम कैद तथा जरिवाना हुन माग दाबी लिइ विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]