०५ साउन २०८२, सोमबार
21-07-2025 , Mon
×

म विस्फोटका अभियुक्त अब्दुल करिम टुन्डालाई अदालतले दियो सफाइ

Logo
एजेन्सी प्रकाशित बिहिबार, फाल्गुण १७, २०८०

तस्विर : फाईल

अजमेर । अजमेरको टाडा अदालतले सन् १९९३ मा देशका पाँच सहरमा भएका शृङ्खलाबद्ध बम विस्फोटको मुद्दामा बिहीबार आफ्नो फैसला सुनाएको छ । यस मुद्दामा अदालतले अब्दुल करिम टुन्डालाई सफाइ दिएको छ भने अन्य दुई जना हमेदुद्दीन र इरफानलाई आजीवन कारावासको सजाय सुनाएको हो ।

सन् १९९३ मा बाबरी मस्जिद ध्वस्त भएको वर्षगाँठमा मुम्बई, हैदरावाद, कानपुर, लखनऊ र सुरतमा रेलमा श्रृंखलाबद्ध बम विस्फोट भएका थिए। अदालतको फैसलापछि टुन्डाका वकिल शफिकतुल्ली सुल्तानीले सञ्चारकर्मीसँग भने, ‘अदालतले अब्दुल करीम टुन्डामाथि दर्ता भएका कुनै पनि मुद्दामा दोषी ठहर गरेको छैन । टुन्डाविरुद्ध दर्ता भएका सबै मुद्दामध्ये कुनै पनि मुद्दामा टुन्डा दोषी प्रमाणित हुन सकेनन् । त्यसैले आज उनले सफाइ पाएका छन् । उनी पूर्णतया निर्दोष छन्।’

सीबीआईले टुन्डाविरुद्ध टाडा ऐन, आईपीसी, रेलवे ऐन, हतियार ऐन, विस्फोटक ऐनसम्बन्धी कुनै प्रमाण पेश गर्न सकेन। त्यसैले अदालतले सबै धारा र ऐनबाट टुन्डालाई सफाइ दिएको छ । फेब्रुअरी २७ मा टाडा अदालतमा सुनुवाइ सकिएको थियो।
श्रृङ्खलाबद्ध बम विस्फोटका मुख्य अभियुक्त भनिएका टुन्डा अजमेरको उच्च सुरक्षा कारागारमा बन्द छन् ।  सन् २०१३ मा नेपाल-भारतसीमाबाट पक्राउ परेपछि उनलाई गाजियाबाद जेलमा राखिएको थियो, जहाँबाट उनलाई अजमेर जेलमा सारिएको थियो । उनलाई कडा सुरक्षामा बिहीबार बिहान अदालतमा ल्याइएको थियो । यस क्रममा उनी ह्वील चेयरमा बसेको देखिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भारत । भारतको जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि आतंकवादीले गरेको आक्रमणमा कम्तीमा २६ जनाको ज्यान गएको छ । दैनिक भाष्करका अनुसार आक्रमणमा परी एक नेपालीको पनि मृत्यु भएको छ, यद्यपि नेपाली नियोग र सरकारले पुष्टि गरेका छैनन् । पहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ, जुन पर्यटकका लागि लोकप्रिय गन्तव्यस्थल हो । स्वीट्जरल्यान्ड पार्कको नामले चिनिने चौरमा घुमिरहेका पर्यटकमाथि […]

जनआन्दोलनपछि आफ्नो सुरक्षा चुनौती बढेपछि देश छाडेर भागेकी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफूले देश छाड्नु परेको कारण बारे मुख खोलेकी छन् । बंगलादेशबाट निर्वासित भई भारतमा शरण लिइरहेकी हसिनाले देश छाडेको झन्डै एक सातापछि अमेरिकाले आफूलाई सत्ताबाट हटाएको आरोप लगाएकी छन् । सेन्ट मार्टिन टापु नछोडेकाले सत्ताबाट हटाउने योजना बनाइएको उनले बताएकी छन् । […]

ढाका । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेको केही घण्टापछि राजधानी ढाकाका एक व्यक्तिलाई अत्तालिएकी आफ्नी बहिनीको फोन आयो। अविरुप सरकार एक बंगलादेशी हिन्दु हुन्, जो ९० प्रतिशत मुस्लिम जनसङ्ख्या भएको देशमा बस्छन्। अविरुपकी बहिनीको श्रीमान् बितिसकेका र उनी संयुक्त परिवारमा बस्छन्। यो परिवार ढाकाबाट करिब १०० किलोमिटर टाढा नदीले घेरिएको जिल्ला नेत्रोकोनामा […]